धुर्मुस–सुन्तली फाउण्डेसनलाई ताइवानवासीको सहयोग
screennepal
प्रकाशित: २०७३, १७ श्रावण सोमबार
no img

काठमाडौं, १७ साउन । भूकम्पले क्षतिग्रस्त सिन्धुपालचोकस्थित गिरान्चौरवासीका लागि बस्ती निर्माण गरिरहेका हास्य कलाकारद्धय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरेको फाउण्डेसनलाई ताइवानवासी नेपालीले आर्थिक सहयोग गरेका छन् ।

20160716_152406
भूकम्पपिडित विद्यार्थीका लागि काभ्रेमा स्कुल निर्माण गर्न ताइवानबाट नेपाल आएको नेपाल ताइवान एसोसिएसनले हालै गिरान्चौर पुगेर उनीहरुको धुर्मुस सुन्तली फाउण्डेसनलाई रकम हस्तानतरण गरेको हो । एसोसिएसनका अध्यक्ष राजु गुरुङ, कोषाध्यक्ष राजन श्रेष्ठ तथा सदस्यहरु शंकर महर्जन र सुरेन्द्र नेपालीले नेपालमा रहेका केही सहयोगीहरुका साथ गिरान्चौरस्थित बस्ती निर्माणस्थलमै पुगेर ताइवानवासी नेपालीका तर्पmबाट ३ लाख ५ हजार रुपियाँ हस्तानतरण गरेका हुन् ।

‘हामीले सहयोगका लागि ताइवानबाटै कुरा गर्दा बस्ती निर्माणका लागि २ करोड रुपियाँमात्र संकलन भएको थियो, एक महिनापछि सहयोग रकम लिएर नेपाल आउँदा लक्ष्यअनुसार ५ करोड संकलन भईसकेकाले सितारम कट्टेल धुर्मुसले रकम लिनै मान्नु भएको थिएन, तर पहिले नै कुरा भईसकेकाले हामीले अनुरोध गरेपछि रकम बुभ्mन मान्नुभयो’ एसोसिएनका अध्यक्ष गुरुङले भने । गुरुङका अनुसार धुर्मुस–सुन्तलीको अभियानबाट प्रभावित भई एसोसिएनले त्यसमा सघाउन ताइवानवासी नेपालीबाट संकलन गरिएको रकम फाउण्डेसनलाई हस्तानतरण गरिएको हो । उनका अनुसार ताइवानमा केवल १ शय ४० नेपाली छन्।
एसोसिएसनले जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रद्धारा सञ्चालित शारिरीक अपांगता भएकाहरु अध्ययन गर्ने स्कुललाई विज्ञान प्रयोगशालाका विभिन्न सामग्री, १५ बालबालिका आश्रित बालबालिका विकास समाज कांडाघारी र नेपाल स्पाइनल कर्ड इन्जुरी स्पोर्टस एसोसिएसनलाई पनि करिब ३ महिनाका लागि पुग्ने रासन र शैक्षिक सामग्री उपलब्ध गराएको छ। एसोसिएसनका सदस्य राजन श्रेष्ठका अनुसार एसोसिएसनले ताइवान सरकारसँग अनुमती लिई ताइवानी र नेपाली नागरीकबाट संकलित रकमले आगामी भदौदेखि काभ्रेमा स्कुल निर्माण गरिनेछ ।

Comments