विश्व महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न विश्व नै जुटेका छन् । विश्वका अधिकांश मुलुक ‘लकडाउन’ भएको दुई महिनाभन्दा बढी भयो । नेपाल ‘लकडाउन’ भएको शनिबार ठ्याक्कै ५४ दिन पुग्यो । ‘लकडाउन’का कारण व्यापार व्यवसाय, उद्योगधन्दा चौपट छ । सबै क्षेत्र ठप्प छ । यसबाट मनोरञ्जन क्षेत्रमा पनि अछुतो छैन ।
हलिउड र बलिउडजस्ता विश्वकै ठूला मनोरञ्जन उद्योग समेत ठप्प हुँदा नेपाली गीतसंगीतहरु भने यु–ट्युबहरु आइरहेका छन् । जसले गर्दा लकडाउनको पालना गरेर घरै बस्दै आएकाहरुका लागि थोरै भएपनि मनोरञ्जनको राहत मिलेको छ । यसैबेला नेपाली वेभ सिरिज ‘डियर लभ’ यु–ट्यबमा आएको छ ।
रुबुशा क्रियटिभ वर्कसको प्रस्तुतिमा गायक रुकमान लिम्बुको निर्माण रहेको ‘डियर लभ’ शनिबार पहिलो एपिसोड यु–ट्युबमा आअपलोड भएको छ । विशुद्ध प्रेमकथामा आधारित ‘डियर लभ’को यसअघि नै टिजर रिलिज भएको थियो । टिजर हेरेका दर्शक वेभ सिरिज हेर्न आतुर थिए । त्यो शनिबार पहिलो एपिसोडमार्फत पूरा गरेको छ, यु–ट्युब च्यानल ‘रुबुशा क्रियटिभ वर्कस’ले । यो गायक तथा मोडलसमेत रहेका रुकमानकै अफिसियल च्यानल हो ।
‘डियर लभ’मा विशेषगरी पछिल्लो समय युवापुस्तामा देखिएको प्रेमप्रतिको विभिन्न आशक्तिलाई समेटिएको छ । रुकमान लिम्बूको निर्माण र विवेक रसाइँलीको कथा तथा निर्देशन रहेको ‘डियर लभ’मा दिप्सन भट्टराई, करिना कक्षपति, रश्मि भट्ट, रविन बोगटी, किरण चन्द, कल्याण थापा, इशिका जबेगु, पेम्बा क्षिरिङ शेर्पा, लेविस थापा, विशाल घिमिरे, लक्ष्मी बोहोरा लगायतका कलाकारले अभिनय गरेका छन् ।
साथै, रुपेश थापाको छायाँकन र रामप्रसाद चौधरीको सम्पादन रहेको ‘डियर लभ’मा कथावस्तुमात्र नभएर छायाँकन र निर्देशनको स्तरसमेत फिचर फिल्मकै शैलीमा छ । ‘डियर लभ’ले दर्शकको माया पाउनेमा निर्माणपक्ष विश्वस्त छ । रुकमान भन्छन्, ‘आज पहिलो एपिसोड आएको छ, हेरौँ, राम्रै प्रतिक्रिया आउला भन्ने अपेक्षा गरेको छु ।’
एक वर्ष अघि नै छायाँकन सकिएको यो वेभ सिरिज १० एपिसोडसम्म रहेको छ । सिरिजका निर्माता तथा गायक रुकमानका अनुसार ‘डियर लभ’ अब १० सातासम्म आउनेछ ।
लकडाउनमा ‘डियर लभ’सँग टाइमपास गर्नुुुस् (फिल्मसहित)
२०७७, ३ जेष्ठ शनिबार १२:२१screennepalExclusive, feature, Sliver screen0

Facebook Comment
Previous Postलिलामीमा जेनिफरको तस्बिर
Next Postवान वल्र्ड टुगेदर एट होम : भर्चुअल कन्सर्टमा सयौँ कलाकार