मिस वल्र्ड अमेरिका : फाइनलसम्म सुजिता (फोटोेफिचरसहित)
screennepal
प्रकाशित: २०७३, ३० असार बिहीबार
no img

sujita basnet, screenneapl (4)

काठमाडौं, ३० असार । प्रथम ‘मिस नेपाल युएस–२०११’की विजेता सुजिता बस्नेत अमेरिकामा सम्पन्न ‘मिस वल्र्ड अमेरिका–२०१६’ मा सेमिफाइलन चरणसम्म पुग्न सफल भएकी छन् । ‘मिस वल्र्ड–२०१६’ मा अमेरिकी प्रतिनिधि चयन गर्न गरिएको राष्ट्रियस्तरको प्रतियोगिता ‘मिस वल्र्ड अमेरिका–२०१६’ मा २८ जना सुन्दरी सहभागी थिए । यस प्रतियोगितामा नेपाली युवतीको यो पहिलो सहभागिता हो ।

sujita basnet, screenneapl (2)
सुजिताले टपटेनसम्म यात्रा तय गरेपछि उनी बिच ब्युटी तथा टप मोडल अवार्ड टप फाइभभित्र रहन सफल भइन् । सन् २०११ मा ई–प्लानेट प्रालिको सहकार्यमा ईभेन्ट प्लानेट इन्क, युएसएले अमेरिकामा बसोबास गरिरहेका नेपाली युवतीमा लक्षित पहिलोपटक आयोजना गरेको ‘मिस नेपाल युएस’ मासुजिता बस्नेतले ताज पहिरिएकी हुन् ।

sujita basnet, screenneapl (1)
‘मिस वल्र्ड अमेरिका–२०१६’ को उपाधि भने अउड्रा मारिले जितेकी छन् । उनले आगामी ६६औं संस्करणको ‘मिस वल्र्ड’ मा अमेरिकाको प्रतिनिधित्व गर्नेछ्न् ि। ‘मिस वल्र्ड अमेरिका–२०१६’ गएको ८ जुलाईमा अमेरिकाको वासिंटन डिसीमा भएको थियो ।

sujita basnet, screenneapl (3)

Comments