वसन्तपुरको चिरलाई होलिका बनाई दहन गरेको भन्दै नेवाः समुदायको आपत्ति
screennepal
प्रकाशित: २०७२, १० चैत्र बुधबार
no img

काठमाडौ । पछिल्लो समय उपत्यकाको संस्कृतिमा हस्तक्षेप भएको भन्दै संस्कृतिविदहरुले आपत्ति जनाएका छन् । होली पर्वमा दहन गर्ने उपत्यकावासीको मौलिक संस्कृतिमाथि मारवाडी समुदायले हस्तक्षेप गरि चिरलाई होलीका बनाई जलाएर दहन गर्ने गरेपछि नेवाः समुदाय र मारवाडी समुदायविच तिक्तता बढ्दै गएको छ ।

chir
परापूर्वकालमा शिहसार्थ बाहु नामक राजाले वसन्तपुरमा चिर ठड्याएर यो पर्वको सुरुवाट गरेका थिए । आहिलेको काठमाडौंको विशालनगरलाई त्योबेला संखस्य नगरीका नाउले चिनिन्थ्यो । यस विषयमा एउटा शिलालेखमा उल्लेख भएअनुसार राज बाहु ७०० ब्यापारीसँगै ल्हासा ब्यापार गरि फर्किने क्रममा बाटोमा राम्रा युवतीप्रति मनमोहीत भए । र, त्यही बास बसे तर बिस्तारै बिस्तारै रात पर्दै जादा सँगैका साथीहरु हराउन थाले । साथीहरु किन हराए भन्ने बुझ्ने क्रममा खोजि गर्दा ति युवती डंकिनी पोराहेकोको साथमा हस्तीहाड देखिएपछि सो ठाउबाट आफुसंग भएको शक्ति र जुक्ति लगाएर सकुसल फर्किन सकेको खुसियालीमा सबै जातजातिका रंग भेस भूसा झल्क्किने कपडालाई ध्वजा सहित तिन तल्ले छात्तर बनाइ लिंगोमा ठड्याउने सँगै थाबहिल बाट जात्रा निकाल्ने परम्परा बसालिएको संस्कृतिविद् पदम श्रेष्ठको भनाई छ । तर पछिल्लो समय ठड्याइएको चिर ढालेपछि न्युरोद नपुग्दै मारवाडी समुदायको बाहुल्यता बढ्दै गएपछि उक्त चिरलाई होलिकाको रुपमा दहन गर्न लाने गरेको भन्दै स्थानियले विरोध गर्दै आएका छन् ।

चिरलाई होलिकाको रुप दिए पछि मौलिक परम्परा समेत भारत बाट मारवाडी समुदेये ले ल्याएको हो भन्ने गलत बुझाई हुन गएको संस्कृतिविद्हरुले भनाई छ । साँझ ढालिने चिरलाई मारवाडी समुदायले सैनिक मंच टुडिखेल पु¥याएर होलिकाका रुप दिएर दहन गर्ने गरेको स्थानिय बुद्ध सायमी बताउँछन् । जवरजस्ती उपत्यकाको मौलिक संस्कृतिमाथी हस्तक्षेप गरेकोमा स्थानीयले आपत्ती जनाउँदै आएको छ भने चिरकै कारण नेवा समुदाय मारवाडी समुदायप्रति आक्रोशित छन् ।

Comments