आदिवासी ज्ञान सिक्दै एईसीसी ग्लोबल मिस इण्डिजिनियस प्रतियोगी
screennepal
प्रकाशित: २०७२, २९ फाल्गुन शनिबार
no img

काठमाडौं । ‘एईसीसी ग्लोबल मिस इण्डिजिनियस हेरिटेज नेपाल–२०१६’ बन्न यतिखेर विभिन्न आदिवासी जनजाती समुदायका ५२ जना युवती प्रशिक्षणमा व्यस्त छन् । प्रशिक्षणका क्रममा प्रतियोगीले आदिवासी जनजातीका कला, संस्कृति र रहन–सहनबारे ज्ञान लिनका साथै विभिन्न आत्मविकाससम्बन्धी ज्ञान लिइरहेका छन् । उनीहरुलाई आदिवासीसम्बन्धीत विज्ञहरुले प्रशिक्षण दिँदै आएका छन् ।

IMG_0343

प्यासिफिक इभेन्ट एण्ड मेनेजमेन्ट प्रालिद्वारा पहिलोपटक आयोजना हुन गइरहेको यस कल्चरल सौन्दर्य प्रतियोगितामा शीर्ष विजेताले आनन्द ज्वलर्सबाट निर्मित मयुर अंकित चाँदीको ताज प्राप्त गर्नछन् । उक्त ताजको करिब ५० हजार रुपैयाँ मूल्य पर्ने आयोजकले जनाएको छ ।
करिब तीन सातायता प्रशिक्षणरत प्रतियोगीलाई कोरियोग्राफर रोजिन शाक्यले क्याटवाक, व्यक्तित्वविकास, आत्मविकास अभिबृद्धिलगायतमा टे«निङ दिँदै आएका छन् ।
यस्तै, प्रतियोगीहरुलाई आदिवासी उत्थान राष्ट्रिय प्रतिष्ठानका सुचना प्रमुख राम मादेनले आदिवासीबारे बृहत्त जानकारी गराउँदै आएका छन् । रोहिया महर्जनको डान्स कोरियोग्राफीमा हुने ‘एईसीसी ग्लोबल मिस इण्डिजिनियस हेरिटेज नेपाल–२०१६’ को प्रतिभा प्रदर्शनी तथा प्रि–जर्जिङ राउण्ड चैत ६ गते हुने आयोजक संस्थाका अध्यक्ष फुपु तेन्जिङ शेर्पाले बताए । उनका अनुसार प्रतियोगिताको अन्तिम स्पर्धा चैत १३ गते कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुने भएको छ ।

Comments