पुसको जाडोमा ‘डन्ट ब्रेक माई हाट’
screennepal
प्रकाशित: २०७२, २७ मंसिर आईतवार
no img

काठमाडौं । चलचित्र ‘डन्ट ब्रेक माई  हाट’ अब बल्ल प्रदर्शनमा आउने भएको छ । गत बैशाख २५ गते प्रदर्शन मिति तय भएपनि बैशाख १२ मा गएको महाभूकम्पका कारण प्रदर्शन मिति सारिएको थियो । निर्माणपक्षको अब  ३ पुसबाट भने अलनेपाल एकसाथ प्रदर्शनमा आउने जनाएको । द्वन्द्व निर्देशक कुमार श्रेष्ठको प्रस्तुती अनिल बुढाथोकी र डम्बर श्रेष्ठ निर्माता रहेको चलचित्र ‘डन्ट ब्रक माई हाट’ लाई त्रिकोणात्मक प्रेमकथामा आधारित एक्शन प्रधान भनिएको छ । चलचित्रको निर्देशन दिनेश पौडेलले गरेका हुन् । चलचित्रमा मोहन केसी, कविशा श्रेष्ठ, ईशा गौतम, आकाश आचार्य, कल्पना पाण्डेलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा संगीत ओम सुनार, नृत्य कविराज र द्वन्द्व कुमार श्रेष्ठको रहेको छ ।

16

Comments