प्रज्ञामा ‘थायभू’ चर्चा
screennepal
प्रकाशित: २०७२, १० मंसिर बिहीबार
no img

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठान मातृभाषा साहित्य विभागले बुधबार नेपाल भाषाको साहित्यिक पत्रिका ‘थायभू’का सन्दर्भमा एक अन्तरविमर्श कार्यक्रमको आयोजना गरेको छ । एक दशक अघिदेखि प्रतिष्ठानद्वारा प्रकाशित हुँदै आएको पत्रिकाको स्तरीयताका सन्दर्भमा पहिलोचोटि सरोकारवालाहरुसँग यस प्रकारको अन्तरविमर्श कार्यक्रम गरिएको हो । नेपाल भाषाका स्रष्टाहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्दै प्राज्ञ एवं मातृभाषा साहित्य विभाग प्रमुख श्रवण मुकारुङले भन्नुभयो, ‘यो पत्रिका तपाईंहरुकै हो, यसमा के–के कुराहरु अपुग छन् र यसलाई केकसरी स्तरीय बनाउन सकिन्छ भन्ने सुझाव र सल्लाह पाऊँ भनेर यो कार्यक्रमको आयोजना गरिएको हो ।’

???????????????????????????????

पत्रिकाका कार्यकारी सम्पादक एवं प्राज्ञसभा सदस्य धु्रव मधिकर्मी पनि पत्रिकाका बारेमा आफूलाई लागेका कुराहरु खुलस्त ढंगले राखिदिन सहभागीहरुसमक्ष आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले ‘थायभू’ पत्रिकालाई स्तरीय बनाउन आवश्यक सबै उपाय अवलम्बन गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरोकारवालाहरुको सुझाव र सल्लाहअनुसार नै यसलाई अझ स्तरीय बनाउनुका साथै वितरणका सन्दर्भमा समेत उचित प्रवन्ध गरिने छ ।’ पत्रिका निस्किरहे पनि सरोकारवाला पाठकमाझ पुग्न नसकेको कार्यक्रमका सहभागीहरुको गुनासो थियो । प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा अग्रज स्रष्टा दुर्गालाल श्रेष्ठ, प्रा. त्रिरत्न मानन्धर, मोहनबहादुर कायस्थ, आनन्द जोशी, चन्द्रमान बज्राचार्य, नरेशवीर शाक्यलगायतका नेपाल भाषा स्रष्टाहरुले कार्यक्रममा आआफ्ना विचार व्यक्त गर्नुभएको थियो ।

Comments