नेपाली कलाकारको एउटा टोली अफगानिस्तानतर्फ
screennepal
प्रकाशित: २०७२, ६ भाद्र आईतवार
no img

काठमाडौं । अफगानिस्तानको बामियानमा हुने सार्क राष्ट्रहरुको आर्ट क्याम्पमा सहभागी हुने नेपाली कलाकारको एक टोली त्यसतर्फ आइतबार प्रस्थान गरेको छ ।

snap
२३ अगस्टदेखि २७ सम्म हुने कार्यक्रमका लागि नेपाल ललितकला प्रज्ञा–प्रतिस्थानको पहलमा नेपाल ललितकला प्रज्ञा–प्रतिस्थान हस्तकला विभागका प्रमुख सुषमा राजभण्डारीको नेतृत्वमा प्रतिष्ठानका सभासद् अरुणा हिमाङ, कलाकारद्वय भीमप्रसाद शर्मा र कलाकार नरबहादुर विकसहितको टोली त्यसतर्फ प्रस्थान गरेका हुन् । अफगानिस्तानको बानियानमा रहेको बामियान कल्चरल क्यापिटल आर्ट ग्यालरीमा हुने कार्यक्रममा नेपाली कलाकारले अन्य राष्ट्रका कलाकारसँगै आफ्नो देशको पहिचान झल्काउने कला प्रर्दशनी गर्नेछन् । हरेक वर्ष हुने सार्क राष्ट्रहरु विच हुने आर्ट क्याम्प अर्को वर्ष नेपालमा हुने भएको छ ।

Comments