लिम्बू पत्रकार संघ उपत्यकामा नयाँ कार्य समिति
screennepal
प्रकाशित: २०७२, ९ श्रावण शनिबार
no img
m photo

सपथ खाँदै नयाँ कार्य समिति

काठमाडौं । लिम्बू पत्रकार संघ उपत्यकामा नयाँ कार्य समिति चयन गरिएको छ । शनिबार ललितपरस्थित चुम्लुङ हिममा सम्पन्न प्रथम अधिवेशनले भीमहाङ थाङ्देनको अध्यक्ष्यतामा ९ कार्यसमिति चयन गरेको हो । उपत्यका अध्यक्ष भिमसेन लिङदमको सभापतित्वमा भएको सम्मेलनमा बिष्णु सिंगकको संयोजकत्वमा सदस्यहरु धनबहादुर फागो र भुपेन्द्र खुदाङको अध्यक्ष मन्डलले समिति चयन गरेको थियो ।

mp subba 1
कार्य समितिमा सुक तुम्रोक उपाध्यक्ष, एमपी सुब्बा सचिव र कोषाध्यक्षमा सम्पदा योङ्या चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा विक्रम सम्बाहाम्फे, महेश लिम्बू, हाङ्सामा खापुङ र निर्मला आङबुहाङ रहेका छन् । त्यस्तै, समितिको सल्लाहकारमा निर्वतमान अध्यक्ष भीमसेन लिम्बू र रिता लिम्बूलाई मनोनयन गरिएको छ । बैठकले भुपेन्द्र खुदाङलाई केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गरेको छ । संघको केन्द्रीय महाधिवेशन भदौ ४ र ५ मा राजधानीमा हुँदै छ।

Comments