दुम्जाका २१५ परिवारलाई बौद्ध धर्म सेवाको राहत
screennepal
प्रकाशित: २०७२, २९ असार मंगलवार
no img

सिन्धुली । मुगुम बौद्ध धर्म सेवा संघले जिल्लाको कुशेश्वर दुम्जाका २१५ भूकम्पपीडित घरपरिवारलाई खाद्यान्न तथा लत्ताकपडा राहत बितरण गरेको छ । मुगुम बौद्ध धर्म सेवा संघका पूर्वअध्यक्ष लामा ठिन्लेका अनुसार कुशेश्वर दुम्जाका १७० दलित घरपरिवारका साथै दुम्जाको वडा नम्बर १ देखि ५ सम्म (डाँडाक्षेत्र) का जनजातिसहित २१५ परिवारलाई सो राहत वितरण गरिएको हो । राहत बितरणमा लामा ठिन्ले, उर्गेन दोर्जे, खेनचे दोर्जे, उर्गेन छेफेल, कोन्चो लामा र टासी वाङ्छु लामाको उपस्थिति थियो । सो संघले सिन्धुपाल्चोक, नुवाकोट, रसुवाका विभिन्न स्थानमा राहत पु-याएको थियो ।

??????????
संघका पूर्वअध्यक्ष लामा ठिन्लेले कुशेश्वर दुम्जा–४ दारिमबोटस्थित नेपालथोक प्राथमिक विद्यालयका बालबालिकालाई पोशाक दिनेसमेत जानकारी गराउनुभएको छ । भूकम्पबाट सिन्धुलीमा सबैभन्दा बढी प्रभावित कुशेश्वर दुम्जाका ९९ प्रतिशत घर भत्किएका र बस्न अयोग्य छन् । यसैगरी, हेलन केलर इन्तरनेशनलले कुशेश्वर दुम्जाका २४४ जना गर्भवती तथा सुत्केरी (दुई वर्षभन्दा कम उमेरका बालबालिका) लाई आपतकालिन पोषणसम्बन्धी राहत प्याकेज बितरण गरेको छ । कार्यक्रममा हेलन केलरका शरद अर्याल, निलमणि दाहाल, सुशील बस्नेत र सहजकर्त सुशिला पौडेलले सुत्केरी तथा गर्भवती महिलालाई बाल स्वास्थ्य तथा पोषणसम्बन्धी जनचेतना कक्षा सञ्चालन गरेका थिए । स्थानीय सहजकर्ता सुशिला पौडेलका अनुसार, भूकम्पपीडित क्षेत्रमा गएर आपतकालिन पोषणका साथसाथै बाल स्वास्थ्य र पोषणसम्बन्धी जनचेतना दिइने छ । सो कार्यक्रमबाट सिन्धुलीका २१ गाविसका चार हजार १३७ जना भूकम्प पीडित परिवारले सुविधा लिइरहेका छन् ।

Comments