दीपेशलाई शिखरको सम्मान
screennepal
प्रकाशित: २०७२, २२ असार मंगलवार
no img

काठमाडौं । लामो समयदेखि फोटो पत्रकारितामा सक्रिय दीपश राजथारु सम्मानी भएका छन् । पत्रकारकारिताको माध्यमबाट समाजर र चलचित्र क्षेत्रमा योगदान पु-याएबापत शिखर नेपालले उनलाई सम्मान गरेको हो ।

Dipesh Rajtharu

राजधानीमा आयोजित एक कार्यक्रमबीच सम्मानीत दीपेशलाई कार्यक्रमका प्रमुख अतिथि उप तथा गृहमन्त्री बामदेव गौतमले प्रमाणपत्र प्रदान गरेका थिए । अनलाइन पार्टल ‘डिसी नेपाल डटकम’मा कार्यरत दीपेशले सम्मानपछि आफूमा थप जिम्मेवारी बढेको प्रतिक्रिया दिए । उनले भने, ‘सम्मानले हौसला त बढाएको छ नै यसबाट ममा थप जिम्मेवारी बोध भएको छ ।’
कार्यक्रममा समाजले पत्रकार दीपेशसहित चलचित्र निर्देशक दिनेश डिसी, चलचित्र विकास वोर्डका अध्यक्ष राजकुमार राई, सदस्य राजेन्द्र केसीलगायतलाई सम्मान गरेको थियो ।

Comments