अन्जु बनिन् पाँचौ ‘एसएलसी प्रिन्सेज’
screennepal
प्रकाशित: २०७२, २० असार आईतवार
no img

काठमाडौं । केही दिनयता दिनैपिच्छे एसएलसीबारे सौन्दर्य प्र्रतियोगिता हुँदै आएको छ । बिहीबार र शुक्रबार मात्र पाँच ‘मिस एसएलसी नेशनल’ ‘मिस एसएलसी नेपाल’, ‘मिस एसएलसी अफ द इयर’जस्ता एसएलसी दिएर बसेका छात्रा÷छात्र केन्द्रीत प्रतियोगिता भए । यस्तै, शनिबार राजधानीमा ‘टिभिएस् जुपिटर एसएलसी प्रिन्सेज–२०१५’ नाममा अर्को प्रतियोगिता भयो, जसमा कपन काठमाडौंकी १६ वर्षीया अन्जु भण्डारीले शीर्ष उपाधि हासिल गरिन् । शनिबार साँझ राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित प्रतियोगितामा आफ्ना ४७ जना प्रतियोगीलाई पछि पार्दै उनले उपाधि जितेकी हुन् ।

slc princess
सिजन मिडियाको आयोजना सम्पन्न यस पाँचौं संस्करणको उपाधि विजेता अञ्जु एयुत्सु स्कुलबाट एसएलसी परिक्षा उच्च श्रेणीमा पास गर्न सफल भएकी हुन् । उनले ग्लोबल कलेज लफ म्यानेजमेन्टमा उच्च शिक्षाको लागि भर्ना भइसकेकी छन । एसएलसी प्रिन्सेजको उपाधि जितेता अञ्जुलाई सुरेश रायमाझीले टिभिएस जुपिटर स्कुटर प्रदान गरेको आयोजकले जनाएको छ । त्यस्तै, उनले क्याम्पियन एकेडेमीको तर्फबाट चार लाख रुपैयाँ बराबरको उच्च शिक्षाको लागि छात्रावृत्ति पाउने बताइएको छ ।  प्रतियोगितामा फस्ट रनरअपको उपाधि हाडीगोकी १५ वर्षीया तेजस्वी कोइरालाले जितिन् । उनले त्रिभेनी स्कुलबाट एसएलसी परिक्षा पास गरेकी हुन् । उनले उपाधिसँगै चिर्योस च्वाइस अवार्ड पनि हात पारिन । कार्यक्रममा सेकेन्ड रनरअपको उपाधि बालाजुकी १६ वर्षीया सुद्धता थापाले हासिल गरिन् । उनले उपाधिसँगै विभिन्न उपहार प्राप्त गरेकी छन् । त्यस्तै थर्ड रनरअप सुवानी कर्मचार्य मिस पपुलर अवार्डसहित विजेता भइन् भने फोर्थ रनरअप सिम्रन श्रेष्ठले मिस पर्सनालीटीको अवार्डसहित विभिन्न उपहार प्राप्त गरिन् ।
प्रतियोगितामा सब टाइटल उपाधि पनि राखिएको थियो । जसअन्तर्गत ‘ब्युटिफुल आईज’को उपाधि अलविना सुवेदीले हासिल गरिन् भने ‘फेसबुक मल्टिमिडिया’को उपाधि खुस्बु आले र ‘अर्गनाईजर च्वाईस अवार्ड’ प्रतिक्षा लामाले जितिन् । यस्तै ‘वेष्ट ड्रेस र वेष्ट हेयरकोे उपाधि असिना देउलाले पाइन् । यसैगरी ‘मिस डिसिप्लेन’को उपाधि अलिशा वज्रचार्य, ‘मिस फेन्डसिप’ सिम्रन श्रेष्ठ, ‘बेष्ट वाक’को उपाधि मनिषा लामा र ‘मिस स्माइल’को उपाधि सिजु श्रेष्ठले प्राप्त गरेका छन् । यस्तै ‘मिस फोटोजेनिक’ पुजा गदाल, ‘मिस फिजिकल’ शताव्दीका गिरि, एजुकेशन अर्वाड सुरक्षा श्रेष्ठ, बेष्ट स्किन शितल शाह र मिस ट्यालेन्ट करिष्मा लामा भए ।

Comments