रुहिना ‘मिस एसएलसी नेशनल’, प्रितम ‘मिस्टर एसएलसी’
screennepal
प्रकाशित: २०७२, १९ असार शनिबार
no img

काठमाडौं । एउटा स्टेज दुई प्रतियोगिता । शुक्रबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा यस्तै दृश्य देखियो । जहाँ युहान इन्टरनेशनल इभेन्टले पहिलोपटक ‘मिस एसएलसी नेशनल’ र ‘मिस्टर एसएलसी नेपाल’ को आयोजना गरेको थियो । ‘मिस एसएलसी नेशनल–२०१५’ को ताज रुहिना थापामगरले चुमेकी छन् । आफ्ना २४ जना स्पर्धीलाई उछिन्दै रुहिनाले फोटोजेनिक उपाधिसहित शीर्ष उपाधि जित्न सफल भएकी हुन् । प्रतियोगितामा रोजिना रायमाझी फस्र्ट रनरअप नम्रता अधिकारी सेकन्ड रनरअप भए ।

mm
प्रतियोगितामा अलिना खड्का मिस टयालेन्ट, अग्निशिखा श्रेष्ठ मेनेज्मेन्ट चोइज, र मिस मल्टिमिडियाको सबटाइटल सचिना लिङदेनले पाइन् भने एकेडेमिक एक्स्सिलेन्स निकिता कार्की, बेस्ट पर्सनालिटि प्रबिता तमाङ भए ।

miss
यस्तै, ‘मिस्टर एसएलसी’ तर्फ प्रितम श्रेष्ठले उपाधि जित्न सफल भए । शुक्रबार युहानले राजधानीको जमलस्थित राष्ट्रिय नाचघरको पे्रक्षालयमा ‘मिस एसएलसी नेशनल’ र ‘मिस्टर एसएलसी नेपाल’ एकैसाथ आयोजना गरेको थियो । ‘मिस्टर एसएलसी नेपाल’ तर्फ अमन श्रेष्ठ फस्ट रनरअप र अनिश दाहाल सेकेन्ड रनरअप भए । यस्तै, ‘मिस्टर एसएलसी नेपाल’ मा पनि विभिन्न सबटाइटल प्रदान गरिएको थियो । जसमा मिस्टर फोटोजेनिक लुइश श्रेष्ठ, टयालेन्ट सोर्णिम राई र मेनेज्मेन्ट चोइज अनिश दाहाल भए ।

miss slc
प्रतियोगितामा आयुश बुढाथोकी मोस्ट पपुलर, सुशील कुवँर स्टार मल्टिमिडिया, सौरभ गुरुङ एकेडेमिक एक्सिलेन्स र बेस्ट पर्सनालिटीको टाइटल प्रदिश श्रेष्ठले पाए । दवै प्रतियोगिताको निर्णायकमा अभिनेत्री केकी अधिकारी, मोडल हसन खान, स्ुरक्षा पन्त, ‘मिस प्लस–२ नेपाल’की विजेता सुप्रिया हमाल ठकुरी, गणेशदेव पान्डे, लक्ष्मी भन्डारी, ‘मिस्टर नेपाल–२०१४’  सुरज चिल्वाल र सुमितप्रताप जबरा रहेका थिए ।

Comments