संसारभर गुगलको निःशुल्क वाईफाई सेवा !
screennepal
प्रकाशित: २०७२, १२ असार शनिबार
no img

सर्च इन्जिन गुगलले अब विश्वभर निशुल्क वाईफाई इन्टरनेट उपलब्ध गराउने भएको छ । यसको पहिलो परीक्षणका लागि उसले अमेरिकाको न्युयोर्कमा ‘फ्री वाइफाइ’ सेवा सुरु गर्दै छ । विश्वमा निःशुल्क वाईफाई उपलब्ध गराउने आफ्नो योजनालाई मूर्तरुप दिनका लागि गुगलले एक अलग्गै कम्पनी तयार गरेका छ । साइडवाक ल्याब्स नाम दिएको सो कम्पनीले न्युयोर्कमा अन्त्यन्तै तिव्रगतिको इन्टरनेट उपलब्ध गराउँदै अन्य दुईवटा कम्पनी पनि खरीद गर्ने तयारीमा छ ।

google-logo
निशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने कामलाई कार्यान्वयन गर्न गुगलले न्युयोर्कस्थित बिक एप्पलको पूरानो फोन बुथको प्रयोग गर्ने भएको छ । उक्त परियोजनाका लागि अन्य त्यस्तै प्रकारका १० हजार फोन बुथ प्रयोग गर्ने गुगलले जनाएको छ । ती फोन बुथमा आवश्यक परिवर्तन गर्नेछ । त्यसबाट गुगलले निशुल्क वाईफाईसँगै मानिसलाई आफ्नो मोबाइल चार्ज गर्ने सेवा पनि उपलब्ध गराउने जनाएको छ । ती बुथबाट नि ःशुल्क डोमेस्टिक फोन कलसमेत गर्न सकिने जनाइएको छ । गुगलले जाडो याम अगाडि नै न्युयोर्कमा निःशुल्क वाईफाईलगायतका सेवा उपलब्ध गराउने जनाएको छ ।

Comments