‘फूलबारी…’मा दिब्येश्वर र उमा (भिडियोसहित)
screennepal
प्रकाशित: २०७२, २९ जेष्ठ शुक्रबार
no img

Satyadeep

चलचित्र ‘सत्यदीप’ को राष्ट्रभावना समेटिएको ‘फूलबारी हाम्रो देश’ बोलको गीत सार्वजिनक गरिएको छ । सुनिल कोइरालाको शब्दरचना रहेको यस गीतमा दिब्येश्वर गौतम र उमा बेबीले अभिनय गरेका छन् । पुष्कर घिमिरेको निर्देशन रहेको ‘सत्यदिप’ संगीत अर्जुन पोखरेलले गरेका छन् । सुमन साग्देन र अप्सरा घिमिरेको स्वर रहेको ‘फुलबारी हाम्रो देश’ गीतको नृत्य निर्देशन कमल राईले गरेका हुन् । चलचित्रमा दिव्यश्वर र उमाका अलावा जोनी सिंह राणा, सविना केसी, रबि गिरी, जीएन घिमिरेलगायतका कलाकारको अभिनय हेर्न सकिन्छ ।

Comments