काबेली खोलाको तिरमा ‘काबेली’ (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७२, २९ जेष्ठ शुक्रबार
no img

kk

काठमाडौं । ताप्लेजुङ, तेह्रथुम र पाँचथरको सिमाना भएर बग्ने काबेली खोला सुदुर पूर्वी जिल्लामा निकै चर्चित छ । त्यहाँ लाग्ने स्थानीय मेला–हाटका कारण यो खोलाले चर्चा पाएको हो । केही दिनयता यिनै काबेली खोलामा नेपाली चलचित्र ‘काबेली’ छायांकन भइरहेको छ । ग्रामिण परिवेशको प्रेमकथालाई मुख्य विषयवस्तु बनाइएको ‘काबेली’ बैशाख १२ को भूकम्पपछि छायांकन सुरु गरिएको हो । दिनेश लिङ्देनको निर्देशन रहेको यस चलचित्रलाई विक्रम डिसीले खिचिरहेका छन् ।

kabeli
फाल्गुनन्द फिल्मस्को ब्यानरमा कविता राई लिङ्देनको प्रस्तुती रहेको ‘काबेली’ मा उपासना नेम्बाङ, सोम लामा, राजकुमार लिङ्देन, अमृता छन्त्याल, ज्यासन लिङ्देनलगायतका कलाकारको अभिनय रहने भएको छ । चलचित्रको सम्पूर्ण छायांकन काबेली खोला आशपास र ताप्लेजुङमा गरिने निर्देशक दिनेशले बताए । उनका अनुसार अहिले ६० प्रतिशत छायांकन सकिएको छ ।
11427220_947752015277119_71354512587544619_n

k

Comments