सौन्दर्य प्रतियोगिता भनेको त यस्तो पो !
screennepal
प्रकाशित: २०७१, २ चैत्र सोमबार
no img

काठमाडौं । युहान इन्टरनेशनल इभेन्ट्सले ‘मिस नेपाल कल्चर’ नाममा सौन्दर्य प्रतियोगिता आयोजना गर्दैछ । युहानले पहिलोपटक आयोजना गर्न लागेको यस प्रतियोगितामा विभिन्न जात तथा समुदायका १९ सुन्दरी छनोट भएका छन् । उनीहरुले आ–आफ्नो कला, संस्कृतिबारे प्रशिक्षण लिइरहेका छन् । नेपालको विभिन्न जातजातीको कला, संस्कृति र भेषभूषाको प्रवद्र्धन तथा संरक्षण गर्ने उद्देृश्यले ‘मिस नेपाल कल्चर–२०१५’ आयोजना गर्न लागेको आयोजक संस्थाका अध्यक्ष सञ्जिता श्रेष्ठले बताइन् । उनका अनुसार ‘मिस नेपाल कल्चर’ ले नेपालको बहुजातीय तथा बहुसांस्कृतिक पहिचानलाई उजागर गर्ने छ आयोजक संस्थाकी अध्यक्ष सञ्जिताले भनिन्, ‘मिस नेपाल कल्चरको उद्देश्य अन्य प्रतियोगिताको भन्दा फरक छ । प्रतियोगिताले तामाङ, गुरुङ, लिम्बू, नेवार, राईलगायतका नेपालमा बसोबास गर्ने विभिन्न जातजातीको सांस्कृतिक पहिचान दिनेछ ।’

miss  nepal c
सौन्दर्य प्रतियोगितामा पनि समावेशी ल्याउने ‘मिस नेपाल कल्चर’ को अर्को उद्देश्य रहेको युहानका निर्देशक सानु खानले बताए । प्रतियोगितामा शर्मिला नेपाल, ज्ञाता न्यौपाने, बोन्नी दाहाल, अपेक्षा ढुंगाना, छायाँ कठ्यात, नमिता लिम्बू, सुप्रिया शाह, सिर्जना राई, दीप्ति पौडेल, मीना तामाङ, यश्मीन राई, सनम घिमिरे, पुनम क्षेत्री, कल्याणी सुवाल, प्रतिक्षा श्रेष्ठ र प्रतिभा दबाडी अन्तिम स्पर्धाका लागि छनोट भएका छन् । प्रतियोगिताको अन्तिम स्पर्धा १६ चैतमा राजधानीस्थित राष्ट्रिय नाचघर जमलमा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको शिर्ष विजेता हुनेले नेपालको संस्कृतिलाई विश्वसामु पु-याउने अवसरमा साथै पूर्ण छात्रबृत्तिको प्रदान गरिने संस्थाका अध्यक्ष सञ्जिताले बताइन् ।

Comments