सबैका लागि ‘जन्मभूमि’ (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७१, २० फाल्गुन बुधबार
no img

Janmabhumi (12)

काठमाडौं । ‘जन्मभूमि’ सबैको हो र, चलचित्र ‘जन्मभूमि’ पनि सबैले हेर्न पाउने भएका छन् । यस चलचित्रलाई सेन्सर बोर्डले ‘यु’ अर्थात् युनिभर्सल प्रमाणपत्र दिएको छ । चलचित्रले वर्तमान अवस्थामा पनि युवालाई राष्ट्रियताबोध गराउने भन्दै सेन्सरले कुनै दृश्यमा कैची नलगाई सबैले हेर्न मिल्ने ‘यु’ प्रमाण पत्र दिएको हो । मोहन निरौला निर्देशित यो चलचित्र ११ बैशाखबाट प्रदर्शन हुँदै छ ।

Janmabhumi (2)
करिब १९ बर्षको अन्तरालमा निरौलाले ‘जन्मभूमि’ निर्देश्न गरेका हुन् । आफ्नो चलचित्रले ‘यु’ प्रमाण पत्र पाएपछि निर्देशक निरौलाले भने, ‘मैले यसमा आफ्ना अनुभवलाई प्रयोग गरेर फिल्ममार्फत दर्शकलाई राष्ट्रियता बोध गराउने प्रयत्न गरेको छु । हेरौं कतिको सफल हुन्छु ।’ उनका अनुसार चलचित्रमा राष्ट्रिय भावना, माटोका कुरा, सामाजिक रुपमा राजनैतिक अतिक्रमण, थिचोमिचो, बाह्यहस्तक्षेप तथा जनजिवनका विविध पक्षमाथी वकालत गरिएको छ ।

Janmabhumi (8)
चलचित्रमा निस्मा घिमिरे, अनु शाह, बिनोद श्रेष्ठ, जेबिका कार्की, नवकलाकार अग्रिम गिरी, ओम प्रतिक, केशव भट्टराई र विश्वकै कान्छो निर्देशक सौगात बिष्टले अभिनय गरेका छन् । युवराज राईको छायांकन, शंकर बिसीको नृत्य, बिपिन मल्लको सम्पादन र अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको यस चलचित्रलाई सुरज गिरीले निर्माण गरेका हुन् । चलचित्रमा चेतन कार्की, पुण्य निरौला र शान्तिप्रियले गीत लेखेका छन् भने कास्टिङ निर्देशन पनि शान्तिप्रियकै गरेको छ ।

Janmabhumi (12)

Comments