शान्ति खोज्दै लुम्बिनीमा कलाकार
screennepal
प्रकाशित: २०७१, १८ फाल्गुन सोमबार
no img

काठमाडौं । शान्ति, सदभाव र एकताको सन्देश लिएर मोफसल यात्रामा निस्किएको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आइतारबार लुम्बिनीमा ‘राष्ट्रिय सांस्कृतिक मेला–२०७१’ आयोजना ग¥यो । प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठ र उपकुलपति शम्भुजीत बासकोटाले च्याबु्रङ बजाएर मेलाको उद्घाटन गरेका थिए ।
नेपाल सांस्कृतिक रुपमा धनी भएको र देशको विविध संस्कृति सबैतिर फैलाउन मेला आयोजना गरिएको नेपाल नाट्य तथा संगीत प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले बताए । प्रतिष्ठानका उपकुलपति शम्भुतीज बासकोटाले सिताको पवित्र जन्मभूमि जनकपुर र भगवान बुद्धको पबित्र जन्मभूमि लुम्बिनीबाट देशभर शान्ति र एकताको सन्देश दिन दुई ठाउँमा सांस्कृतिक मेला आयोजना गरेको बताए । बास्कोटाले बिना संगीत दर्शकको आग्रहमा ‘शनिबारको दिन’, ‘आच्छा लेकिन’, ‘चट्ट रुपमा क्या मालुम’लगायतका गीत सुनाए ।

Janakpur
कार्यक्रममा गायक सत्यराज आचार्यले ‘जहाँ छन बुद्धका आँखा’ गाउँदा दर्शकले हात हल्लाएर साथ दिएका थिए । उनले ‘साँझ पख बतास चल्यो’ गीत पनि गाएका थिए । सत्यलगत्तै मञ्चमा उत्रेका स्वरुपराज आचार्यका गीतमा पनि दर्शकले उत्तिकै मज्जा लिए । उनले ‘यति धेरै मायाँ’, ‘मर्ने कसैलाई रहर हुँदैन’, ‘यि आँखामा तिमी छौ’लगायतका गीत प्रस्तुत गरेका थिए । कलाकारले राष्ट्रिय भावनाले ओतप्रोत आधा दर्जन गीतमा नृत्य गरेका थिए । गायिका मिलन अमात्यले ‘श्लोली श्लोली’, ‘गाला रात्तै’जस्ता गीत गाएर दर्शकलाई नचाइन् । त्यस्तै, गायिका झुमा लिम्बुले हाक्पारे गीत तथा ‘कता हिँडिरहेछ’लगायतका गीत सुनाइन् भने जुना प्रसाईंले प्रस्तुत गरेको ‘गैरी खेतको शिरै हान्यो’लगायतका गीतमा दर्शकले मनोरञ्जन लिए ।
कार्यक्रममा अर्का गायक सञ्जय तुम्रोकले ‘यो गाउँको ठिट्टो म’ गाउँदा तन्नेरीदेखि बुढासम्म ठिट्टो बन्दै नृत्य गर्न भ्याए भने गायक कल्याण आलेले ‘बिहानी मिर्मिरेमा’जस्ता लोकगीत सुनाए । मेलामा कलाकारले मेचीदेखि महाकालीसम्मका विभिन्न जातजाति, भाषाभाषीको नृत्य प्रस्तुत गरेका थिए ।
यस्तै, उन्नती बोहरा शिलाको चर्चित गीत ‘शान्ति तिमी फर्की आउ’ मा भिक्षु बनेर कलाकारले नृत्य गर्दा कार्यक्रम हेर्न आएका लुम्बिनीका भिक्षुले पनि खुसीले ताली बजाए । कार्यक्रममा सुदुरपश्चिमको हुड्केली, मध्यपश्चिमको थकाली, हिमालको शेर्पा, पहाडको काठमाडौं उपत्यकाको लाखे तथा पूर्वी नेपालको च्याबु्रङ नृत्यले सिँगो देशको सांस्कृतिक झलक त्यहाँ दर्शकले देख्न पाए ।

Comments