एञ्जेल पहिलो ‘टिनएजर्स सुन्दरी’
screennepal
प्रकाशित: २०७१, २९ माघ बिहीबार
no img

IMG_1134

काठमाडौं । ‘मिस टिनएजर्स इन्टरनेशनल–२०१५’ को ताज एञ्जल गुरुङले चुमेकी छन् । राजधानीमा आयोजित प्रतियोगितामा आफ्ना ३४ प्रतिस्पर्धीलाई उछिन्दै एञ्जलले ताज आफ्नो पोल्टामा पारेकी हुन् । एञ्जलले भियर्स च्वोइज अवार्ड पनि हात पारिन् । उनले ताजसँगै उच्च–शिक्षाका लागि फूल स्करशीप तथा विभिन्न गिफ्टह्याम्पर पाइन् ।

miss Anjel 1
युहान इन्टरनेशनल इभेन्टद्वारा आयोजित प्रतियोगितामा रक्षा पन्त र सिम्रन खड्काले क्रमशः फस्ट रनरअप र सेकेन्ड रनरअपको उपाधि पाए । कार्यक्रममा थर्ड र फोर्थ रनरअपलाई पनि ताज पहिरिएको थियो । प्रभा थापा र सरु बराइली क्रमशः थर्ड र फोर्थ रनरअपको ताज भिर्न सफल भए ।

mii
एसपी डा. देउती गुरुङ, अनिल शाही, सुमितप्रताप जंग राणा, रक्षासिंह राणा, सुबोध गुरुङलगायतका निर्णायक मण्डल रहेको प्रतियोगितामा विभिन्न दुई दर्जन बढी सब–टाइटल उपाधिमा पनि अवार्ड प्रदान गरिएको थियो । कार्यक्रममा श्रेयस्मा अधिकारी बेस्ट पपुलर, ब्युटि विथ प्रपोज रोजिना मगर, मिस ट्यालेन्ट क्षिरिङ डोमा शेर्पा, मिस क्याटवाक सरु बराइली, फोटो जेनिक शुष्मा श्रेष्ठ, बेस्ट हेयर र मिस ब्युटि आईज् सुजाता सिलवाल, बेस्ट स्बिन अनिता सुबेदी र मिस डिसिप्लिनको अवार्ड प्रियशा श्रेष्ठाले पाइन् । त्यस्तै, मिस पञ्चुअल रेनु साउद, बेस्ट आर्टवर्क अमृता केसी बेस्ट स्पिच सोनाली शाही, बेस्ट फ्रेन्डली साँक्षी गुरुङ र मिस फेसन आइकनको अवार्ड अलिशा पौडेलले पाए ।

mn
पहिलोपटक आयोजित कार्यक्रममा देशको विभिन्न स्थानका १६ देखि २० वर्ष उमेरका ३५ युवतीले स्पर्धा गरेका थिए । सौन्दर्य प्रतियोगिताको क्षेत्रमा टिनएर्जस युवतीलाई उच्च शिक्षामा सहयोग तथा अन्तर्राष्ट्रिय प्लेटफर्म उपलब्ध गराउने उद्देश्यले ‘मिस टिनएर्जस इन्टरनेशनल’ प्रतियोगिताको सुरुवात गरेको आयोजक संस्थाका प्रबन्ध निर्देशक सानु खानले बताए ।

Comments