सर्वनाममा महिलाका ‘त्रि–आयाम’
screennepal
प्रकाशित: २०७१, २६ माघ सोमबार
no img

mmee

काठमाडौं । कालिकास्थानस्थित सर्वनाम नाटकघरमा नारी पात्रहरुको प्रतिनिधित्व गर्ने तीन भिन्नभिन्नै एकल नाटकको ‘त्रि–आयाम’ मञ्चन भइरहेको छ । महिलाको कथा उठाइएको नाटकमा महिलाकै लेखन, अभिनय तथा निर्देशन रहेको छ । यस शृंखलामा दीपा कार्कीको ‘असिमपानाहरु’, सविना गोपालीको ‘काँचुली’ र सुप्रिया रानाको ‘तासको महल’ मञ्चन भइरहेका छन् ।

supriyaa
नाटक ‘असिम पानाहरु’ मा नारी स्वतन्त्रताको कुरा उठाइएको छ, भने, ‘काँचुली’ मा अलौकिक शक्ती भएकी रुपमतिको विम्वात्मक कथा देखाइएको छ । त्यस्तै, ‘तासको मल’ मा एउटी यौनकर्मी महिलाको कथालाई उतारिएको छ । छोटा–छोटा यी नाटकहरुले सामान्य तौरतरिकाबाट गम्भीर कुरा उठान गर्न खोजेका छन् । नेपाली रंगमञ्चको क्षेत्रमा महिला लेखक तथा निर्देशकको कमी भएको अवस्थामा महिलाकै पीडा उठान गरेर नाटक तयार गरिएको सर्वनामले जनाएको छ । सर्वनामले प्रशिक्षार्थी नारी कलाकारलाई अगाडी सारेर यी नाटक तयार गरेको जनाएको छ । प्रयोगका रुपमा मञ्चन थालनी गरिएको यस एकल नाटक ‘त्रि– आयाम’ मा सर्वनामकै प्रशिक्षार्थीको प्रस्तुति रहेको छ ।

sabina

Comments