खुश्बुको ‘सेकेन्डह्यान्ड होइन फस्टह्यान्ड जवानी’ (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७१, २३ पुष बुधबार
no img

khushbu khadka (4)

काठमाडौं । मोडल तथा अभिनेत्री खुश्बु खड्काले आफ्नो जवानीलाई सेकेन्ड ह्यान्ड नसम्झिन अनुरोध गरेकी छन् । पछिल्लो समय ‘सुकुल–गुन्डा’ नामक चलचित्रमा अभिनय गरेकी खुश्बुले एउटा आइटम डान्समार्फत आफ्नो जवानी ‘फस्ट ह्यान्ड’ दावी गरेकी हुन् । चलचित्र ‘गोरे’ मा खुश्बुले ‘मेरो जवानीलाई तिमी सेकेन्ड ह्यान्ड नसम्झिदेउ, सम्झ तिमी जवानी मेरो फस्ट ह्यान्ड’ बोलको गीतमा आइटम गरेकी छन् ।

khushbu khadka (5)
शंकर अधिकारीको शब्दमा विकास चौधरीको संगीत रहेको सो आइटम गीतमा डान्स गरेपछि खुश्बले भनिन्, ‘मैले पहिलोपटक आइटम नम्बर गरेकी हुँ । खाशै मलाई आइटम गर्न पनि मन लाग्दैन ।’ आइटम गर्न मन लाग्दैन भने पनि गोरेको सो गीतमा भने खुश्बुले आफ्नो हट अवतार देखाएकी छन् । यो चलचित्र हाल सम्पादनमा रहेको छ । चलचित्र रिलिज भएपछि एकपटक खुश्बुको आइटमले चलचित्र बजार तताउने निर्माणपक्षको दावी छ । तर, ‘गोरे’ भन्दा अगाडि खुश्बु चलचित्र ‘सुकुल गुन्डा’ मा देखिनेछन् । यस चलचित्रमा खुश्बुको अपोजिट भूमिकामा जीवन लुईंटेल देखिँदैछन् ।

khushbu khadka (1)
जिएस मुभि मेकर्सको व्यानरमा निर्मित ‘गोरे’ मा दीलिप रायमाझी र अनु शाह मुख्य भूमिकामा छन् । रामेशकुमार राईको निर्देशन रहको चलचित्रमा आफ्नी प्रेमिकाको खोजीमा सहर पुग्दा बाध्यात्मक परिस्थितिमा आपूmलाई सहरसँगै बदल्नु पर्दाको संघर्षमय एक युवाको कथा उनिएको छ ।

khushbu khadka (8)

Comments