‘समलिंगी भएकोमा मलाई खुसी र गर्व लाग्छ’
screennepal
प्रकाशित: २०७१, २० पुष आईतवार
no img

न्युयार्क । अमेरिकन कन्ट्री गायक टे हेर्नडन आफू समलिंगी भएकोमा गर्व लाग्ने बताउँछन् । उनी भन्छन्, ‘म आफू समलिंगी भएको खुसी र गर्व लाग्छ ।’ हेर्नडनले आफू समलिंगी हुनुमा आमाको हात रहेको पनि बताएका छन् । ‘पीपुल्स डट कम’ का अनुसार यी गायकले आफू छोरा वा छोरी भएपनि कसैको जीन्दगीमा सहयोग गर्न सक्षम रहेको बताएका छन् । उनले आफ्नो पूरै करिअरमा आफू समलिंगी भएको कुरा लुकाएको बताएका छन् । हेर्नडन भन्छन्, ‘म आफै समलिंगी भएकोमा अहिले खुसी र गर्व छ ।’

Herndon

गायक टे हेर्नडन

५२ वर्षीय यी गायकले १० वर्षकै उमेरमा समलिंगी भएको थाहा पाएको जनाइएको छ । हेर्नडन भन्छन्, ‘मलाई लाग्छ मेरी आमालाई पहिल्यै म समलिंगी भएको कुरा थाहा थियो । यो कुरा कुनै ठाउँमा बताउनुभएको प िथियो ।’ उनले आफ्नो खुसीयाली जीन्दगीमा आमाले चिन्ता व्यक्त गरेको पनि बताएका छन् । उनले भने, ‘मेरो परिवारले करिअरको दौरानमा मेरो समलिंगी हुनुको संघर्ष पनि देख्न पाए ।’

Comments