हलिउड यी सेलिब्रेटी जोडीलाई कोरोना संक्रमण
screennepal
प्रकाशित: २०७६, २९ फाल्गुन बिहीबार
no img

एजेन्सी । ओस्कार विजेता अभिनेता टम ह्यांस र उनकी पत्नी अभिनेत्री रिता विल्सनमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । अभिनेता टमले बिहीबार ट्वीटरमार्फत यस्तो सार्वजनिक गरेका हुन् ।
ह्यांसका अनुसार उनी र उनकी पत्नी विल्सन अष्ट्रेलियामा परीक्षण गर्दा कोरोना संक्रमण भेटिएको हो । अष्ट्रेलियामा फिल्मको लागि काम गरिरहेको ६३ वर्षीय कलाकार जोडी काम सकेर सामान्य ज्वरो आएपछि घरमा आराम गर्न पुगेका थिए ।
बताएअनुसार उनीहरु अहिले घरमै ‘आइसोलेसन’मा स्वास्थ्य निगरानीमा बसेका छन् । टम र विल्सन कोरोना भाइरस संक्रमित हुने पहिलो अमेरिकी सेलिब्रिटी जोडी हुन् । अमेरिकामा मात्रै कोरोना भाइरसका कारण १ हजार संक्रमित भइसकेका छन् । टम आगामी फिल्मका लागि काम गर्न अष्ट्रेलिया पुगेका थिए ।

Comments