रितेश चाम्स युद्धमा घाइते हुँदा रेचलले थामिन उनको हात ? (भिडियो सहित)
screennepal
प्रकाशित: २०७५, २० पुष शुक्रबार
no img

स्क्रीननेपाल डटकम :
हलिउड कलाकार रेचल र नेपाली कलाकार तथा नायक रितेश चाम्सको अभिनय रहेको एक हलिउड क्लिप केहि दिन अगाडी मात्र सार्वजनिक भएको छ । हेर्दा कुनै हलिउड फिल्मको सिन भन्दा कम लाग्दैन उक्त भिडियो । दर्पण मिडियाको अफिसियल च्यानलबाट उक्त भिडियो बजारमा रिलिज गरिएको हो । २ मिनेट २३ सेकेन्डको उक्त भिडियोमा रेचल र रितेशको संवाद रहेको छ । संवाद अंग्रेजी भाषामा रहेको छ ।

तर उक्त भिडियोको वातावरण हेर्दा नायक रितेश चाम्स कुनै युद्धमा घाइते भएको अवस्था देखिन्छ भने उनलाई मलमपट्टी गर्ने काम रेचलले गरेकी छिन् । हुन त नायक रितेश चाम्सको नया ठुलो प्रोजेक्टको काम भईरहेको छ । यस भिडियोले कतै उक्त चलचित्रको एक अंश हो कि भन्ने संकेत पनि गर्दछ । तर त्यो निर्माण पक्षलाई नै थाहा होला । यस बिषयमा रितेश चाम्सले पनि कुनै जानकारी दिएका छैनन् । तर जे होस यो भिडियोले नेपाली कलाकारको हलिउडमा प्रवेशको राम्रो संकेत भने दिएको छ ।

प्राप्त जानकारी अनुसार यो बेलायतबाट तयार गरिएको भिडियो हो । बेलायतमा अवस्थित पाईन वुड हलिउड इन्सिच्युटले यो भिडियो तयार गरिएको हो । धेरैलाई थाहा नहुन सक्छ यस इन्सिच्युटमा हलिउडको धेरै चलचित्रको छायांकन भईसकेको छ । यो कुराले धेरै सम्भावनाको ढोका खोल्छ । नायक रितेश चाम्स बिगत लामो समय देखि बेलायतमा बसेर नेपाली चलचित्र क्षेत्रमा आबद्ध भईरहेका छन् । उनले धेरै नेपाली चलचित्रमा काम पनि गरिसकेका छन् ।

उनको अभिनयको बेला बखतमा राम्रो चर्चा पनि हुने गरेको छ । उनलाई नेपाली चलचित्रमा सम्भावना बोकेको कलाकारको नजरले हेर्न थालिएको छ । अब आगामी दिन उनको कदम कसरी यो क्षेत्रमा चल्छ त्यो भने समयले नै बताउने छ |

हेर्नुस भिडियो :

Comments