‘मिस नर्स’ प्रतियोगीले देखाए कला
screennepal
प्रकाशित: २०७१, १२ पुष शनिबार
no img

काठमाडौ । ‘मिस नर्स नेपाल–२०७१’का प्रतियोगीले आ–आफ्नो प्रतिभा देखाएका छन् । नेक्स्ट मोडल्स नेपाल र स्वास्थ्य खबरपत्रिकाको सहकार्यमा आयोजित सौदर्य यस प्रतियोगीताका सहभागीले तिनकुनेस्थित ग्रीन पार्टी भेन्यूमा ‘ट्यालेन्ट राउण्ड’अन्र्तगत नृत्य, गायन, अभिनय, वक्तृत्वकला लगायतका अनेक कला प्रस्तुत गरेका थिए ।

miss nurs (1)
यस राउण्डमा प्रायः प्रतियोगीले गायन, नृत्य, वत्तृत्व कला, हेयर स्टाइल, कविता वाचनलगायतका प्रतिभा प्रदर्शन गरेका थिए भने केहिले लोक तथा आधुनिक गीतमा आकर्षक नृत्य देखाए । ट्यालेन्ट राउण्डको निर्णायकमा डा .सुभाष प्याकुरेल, गायक कोशिष क्षेत्री, मोडेलिङ संघको अध्यक्ष दिनेश शाही, नृत्य निर्देशक दिर्पेन्द्र थापा र फेसन कोरियोग्राफर चादनी लामिछाने रहेका थिए ।

miss nurs
कार्यक्रममा निर्णायक डा . सुभाष प्याकुरेलले नर्सिङ पेशामा संलग्नहरुले देखाएको प्रतिभाले उनीहरु हरेक क्षेत्रमा सक्षम रहेको पुष्टि भएको बताए । स्पर्धीले प्रदर्शन गरेको प्रतिभाकै आधारमा मिस ट्यालेण्ट घोषणा गरिने आयोजक नेक्स्ट मोडल्स नेपालका प्रमुख रवि धमलाले जानकारी दिए । यसमा ४० प्रतियोगीले अन्तिम स्पर्धाका लागि तयारी गरिरहेका छन् । प्रतियोगीताको अन्तिम स्पर्धा १९ पुसमा हुँदै छ ।

Comments