नेपाली फेसन डिजाइनर समालाई अन्तर्राष्ट्रिय अवार्ड !
screennepal
प्रकाशित: २०७१, १० पुष बिहीबार
no img

काठमाडौं । नेपाली फेसन डिजाइनर समा वानु अन्तर्राष्ट्रिय अवार्डका लागि नोमिनेसनान परेकी  छन् । एसियाका ड्रेस डिजाइनरहरुमा एउटैमात्र फेब्रिक ढाकालाई आप्नो ब्राण्डका रुपमा स्वदेश तथा विदेशमा स्थापित गर्न लागिपरेकी समा अन्तर्राष्ट्रिय अवार्ड ‘एसियाका प्यासिफिक प्रेस्टिजियस फेशन व्राण्ड’का लागि नेपालका तर्फबाट मनोनयनमा परेकी छन् । समालाई इप्लानेट प्रालिा अध्यक्ष सन्तोष सापकोटाको पहलमा नेपालका तर्फबाट यस अवार्डका लागि उनको नाम मनोनयनका लागि पठाइएको थियो ।

Shama (3)

फेसन डिजाइनर समा वानु

कण्डमको पहिरनबाट उचाइमा पुगेको मुस्लिम सम्प्रदायकी समाको व्यवसायिक यात्रा विशुद्द नेपाली प्रोडक्ट ढाकालाई विश्वव्यापी रुपमा प्रचार गर्ने माध्यम बन्ला भनेर शायदै अनुमान गरेका थिए । तर, एउटै व्राण्ड ढाकाको कपडामा विभिन्न डिजाइन पस्किन खप्पिस वानुले आपनो एकल शो गर्नुका साथै अन्तराष्ट्रिय कार्यक्रम अमेरिकामा ‘मिस नेपाल युएसए’ तथा अष्ट्रेलियामा ढाकाका पहिरन प्रदर्शन गरिसकेकी छन् ।

_MG_3030
फेशन डिजाइनिडको क्षेत्रका राष्ट्रिय अवार्डहरु थुपै्र बटुलेकी समाले पहिलोपटक अन्तर्राष्ट्रिय अवार्ड आफ्नो पोल्टामा पार्न लागेकी हुन् । एसियाका उत्कृष्ट डिजाइनरलाई प्रदान गरिने यो अवार्ड यस वर्ष २०१५ का लागि नेपालको तर्फबाट वानुलाई प्रदान गर्न लागिएको हो ।

_MG_3028
सिंगापुरको अर्किड कन्ट्री क्लबमा इन्डोनेसियाका अधिराजकुमार तथा अधिराजकुमारीद्वारा प्रदान गरिने एसियाका प्यासिफिक प्रेस्टिजियस फेशन व्राण्ड अवार्ड ग्रहणका लागि समा २ जनवरीमा त्यसतर्फ प्रस्थान गर्ने भएकी छन् ।

Comments