‘चंखे, शंखे, पंखे’को एउटै सेटमा १७ लाख खर्च !
screennepal
प्रकाशित: २०७१, २७ मंसिर शनिबार
no img

chanke

काठमाडौं । हाल निर्माण भइरहेको चलचित्र ‘चंखे शंखे पंखे’ ले सुटिङ सेटमै १७ लाख रुपैयाँ हुने खर्च गरेको छ । चलचित्र निर्माण घोषणा भएकै दिन निर्देशक सुर्दशन थापाले ८० लाखमा सुटिङ सक्ने बताएपनि यसको लागत बढेर करोडमाथि पुग्ने देखिएको छ । ताकी, हाल तीव्र गतिमा छायांकन भइरहेको ‘चंखे शंखे पंखे’ को पहिलो चरणको सेट निर्माणमै १७ लाख खर्च भएको छ । जसलाई नेपाली चलचित्र ईतिहासमै सम्भवतः सर्वाधिक महँगो सेट भनि निर्देशक नारायण पुरीले बताएका छन् ।

IMG_5317
‘ठूला कम्पनीको विज्ञापन सेटमा यतिको खर्च हुँदैन थियो होला, जुन खर्च गरेर हामीले यो सेटका तयार गरेका छौ’ चलचित्र विकास कम्पनीको हलमा सेट तयार गरिरहेका बेला पेन्टरले प्रतिक्रिया दिए । उनी भन्छन्, ‘अपार्टमेन्ट र होटलमा तिर्ने पैसाभन्दा बढीमा ३ लाखको अन्तर सेटमा आउँछ । त्यसैले राम्रो फिल्म बनाउने हो भने सेटमा लोभ नगर्नु नै राम्रो लाग्यो मलाई ।’ खर्चिलो सेटमा फिल्म खिच्नु कत्तिको उपयुक्त हो ? भन्ने प्रश्नमा सिनेमाटोग्राफर राजेश श्रेष्ठले भने, ‘सुन्दर र ठूला होटलमा पुग्दासमेत साँघुरो शैलीमा खिच्नुभन्दा यसरी चाहेअनुसार स्पेश र रङ संयोजन गरेर सेट बनाउँदा उत्कृष्ट फिल्म खिच्नु सकिन्छ ।’ निर्देशक सुर्दशन थापा र सिनेमाटोग्राफर राजेश श्रेष्ठको काम गर्ने शैलीलाई ठूला भन्ने निर्माताले समेत अनुसरण गर्नुपर्ने निर्देशक पुरी बताउँछन् । यस फिल्ममा टेलिभिजन रिपोर्टरको भूमिकामा पूजा शर्मा देखिँदैछिन् । भने हिरो सुवास थापा, चंखेको भूमिकामा नयाँ कलाकार प्रेम पुरी शंखेको भूमिकामा छ । त्यस्तै, निर्देशक थापाचाहिँ पंखेको भूमिकामा देखिँदैछन्  ।

IMG_0166
चलचित्रमा नन्दिता केसी स्पेशल अपिरेन्समा छिन् भने फेसभ्यालु भएका राजाराम पौडेल, रामचन्द अधिकारी, रविन्द खड्का तथा श्याम राई, ध्रुब कोइरालालगायत स्टेजका चर्चित कलाकार रविन्द झा र प्रमोद अग्रहरीसम्म यस चलचित्रमा छन् । चलचित्रको सुटिङ १५ दिनपछि सकिने बताइएको छ ।

Comments