‘मिस नर्स’ को पहिलो अडिसन शनिबार
screennepal
प्रकाशित: २०७१, ५ मंसिर शुक्रबार
no img

काठमाडौं। नेक्स्ट मोडल्स नेपालको आयोजनामा हुन लागेको ‘मिस नर्स नेपाल– २०७१’ को अडिसन शनिबार काठमाडौंमा हुने भएको छ । तीनकुनेस्थित ग्रिनक्याफे एण्ड पार्टी प्यालेसमा बिहान ८ बजेदेखि सुरु हुने अडिसनमा मध्यमाञ्चलका ६० नर्सिङ कलेज र अस्पतालमा अध्ययनरत नर्सहरु सहभागी हुने आयोजकले जनाएको छ ।

ad
प्रतियोगिताको पश्चिमाञ्चल अडिसन १२ मंसिरमा पोखरामा र पुर्वाञ्चल १३ गते धरानमा हुने आयोजक नेक्स्ट मोडल्सले जनाएको छ । अन्तिम अडिसन भने काठमाडौंमा १४ मंसिरमा हुने भएको छ । युनिक्याम्पस एजुकेशन नेटवर्क पुतलीसडकको प्रायोजनमा हुने प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गरिरहेका छन् । १० उत्कृष्ट नर्सले निःशुल्क आइएलटिएस तयारी कक्षाको सुविधा पाउनेछन् भने रोजगारीको समेत व्यवस्था गरिएको नेक्स्ट मोडल्सले जनाएको छ ।
अडिसनमार्फत् देशभरबाट छानिएका ४५ जनालाई एक महिना लामो प्रशिक्षण दिइने जनाइएको छ । १९ पुसमा फाइनल प्रतिस्पर्धा हुनेछ । नर्सिङ पेशामा आबद्ध युवतीहरुलाई समाजप्रति थप उत्तरदायी बनाउने उद्देश्यले प्रतियोगिता आयोजना हुन लागेको नेक्स्ट मोडल्सका प्रमुख रवि धमलाले जनाएका छन् ।

Comments