बाबुको गल्तीबाट सिक्ने छु : अनमोल केसी
screennepal
प्रकाशित: २०७१, ४ मंसिर बिहीबार
no img

काठमाडौं । अभिनेता अनमोल केसीले आफ्नो वुवाको गल्तीबाट आफूले सिक्नुपर्ने बताएका छन् । अभिनेता भुवन केसीको छोरा युवा पुस्तामाझ लोकप्रिय अनमोलले केटीका विषयमा शुक्रवारसँग कुराकानी गर्दै आफूले राम्रा बानीलाई आत्मसात् गर्ने र नराम्राबाट सिक्ने बताए ।
अहिलेको स्टेजमा गर्लफ्रेन्ड–सर्लफ्रेन्ड चक्करमा नफस्ने बताएका छन् । उनी भन्छन्, ‘गर्लफ्रेन्ड छैन र बनाउने इच्छा पनि छैन । अहिले आफैँलाई बनाउनुपर्छ मैले । गर्लफ्रेन्ड बनायो भने धेरै चिजमा रोकावट हुन्छ ।’ उनले पहिले–पहिले स्कुलमा छँदा चाहिँ गर्लफ्रेन्डहरू भएको खुलाए ।  तर, तीनलाई उनी बच्चा–लभ भन्न रुचाउँछन्  । भन्छन्, ‘ब्रेक–अप भयो, सकियो । तिनले एउटा कुरा चाहिँ बुझाए– मायाप्रेमको जिन्दगी एकदम तनावपूर्ण हुन्छ ।’

anmol_kc-2
आफूलाई अहिले फेसबुकमा टन्नै ‘आई लभ यू’ आउने बताउँछन् । ‘जेरी’ हलमा लागेपछि त १२ हजार साथी थपिए मेरा । ‘एप्रोच’ गर्नेहरू बढे । तर, मैले सबैलाई ‘धन्यवाद’ भन्दिने गरेको छु,’ उनको भनाइ छ । ‘को–एक्टे«स’ वा कोही केटी साथीसँग हिँड्दा त ‘प्ले ब्वाई’ भन्लान् भन्ने डर हुन्छ र उनलाई । आफूलाई  मिडियाले ‘कन्ट्रोभर्सियल केस’ मा नसमातेको बताउँदै यो क्षेत्रमा जहिले पनि बचेर हिँड्नुपर्ने बताए ।
स्टारको छोरा हुनुका बेफाइदा पनि महशुस गरेका छन् उनले । उनले भने, ‘लगातार हिट फिल्म दिनुपर्ने बाध्यता आइलाग्दो रै’छ । राम्रो गरुञ्जेल ‘बाउको बिँडो थाम्ने भयो’ भन्छन् । तर, एउटा फिल्म ‘फ्लप’ हुनासाथ ‘बाउजत्तिको चाहिँ गर्न सक्दैन रै’छ’ भन्न थाल्छन् । त्यसैले ड्याड नै मेरा लागि ठूलो ‘कम्पिटिटर’ बनिदिनुहुन्छ । तर, फाइदा पनि छन् । भुवन केसीको छोरो भएकाले जहाँ जाँदा पनि सबैले आदर गर्छन् मलाई । रेस्टुरेन्टतिर पनि ‘स्पेसल ट्रिट’ गर्छन् । खुशी लाग्छ ।’
शुक्रवारका डिबी खड्का र सजना बरालले उनीसँग अन्तरंग कुराकानी गरेका छन् । जहाँ उनले आफ्नो र आफ्ना अभिनेता पिताका बारेमा धेरै खुलासा गरेका छन् ।

Comments