दशौं मिस नेवाको खोजी सुरु
screennepal
प्रकाशित: २०७१, २ मंसिर मंगलवार
no img

mn

काठमाडौं । नेप्लिज फेसन होमले आयोजना गर्दै आएको मिस नेवा  दशैं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा यस पटकको कार्यक्रम केही फरकशैलीमा गर्ने तयारी भइरहेको संस्थाकी अध्यक्ष हेमा मानन्धरले बताइन् । मिस नेवाको चयन विगतको जस्तै यसपटक पनि पुष १५ मै हुने भएको छ । मिस नेवामा भाग लिन चाहनेका लागि फारम खुला गरिएको पनि अध्यक्ष मानन्धरले जानकारी गराइन् ।
अहिलेसम्म सविता श्रेष्ठ, सुविता प्रधान, सुप्रिया तुलाधर, आकाशा बज्राचार्य, योगिता महर्जन, सुजिना शाक्य, सुनिता डँगोल, सुदिना श्रेष्ठ र आकाशा बज्राचार्य मिस नेवा भइसकेका छन् । मिस नेवाका प्रतियोगीलाई नेपाल भाषा प्रशिक्षण, नेवारी कला संस्कृति, खानाबारे जानकारी गराइने अध्यक्ष मानन्धरले बताइन् । उनीहरुलाई व्यक्तित्व विकाशको प्रशिक्षण, प्रतिभा प्रस्तुतिको अबसर पनि दिइने छ । दशौं मिस नेवाले नगद रुपैयाँ र सुद्ध चाँदीको ताजसहित विभिन्न उपहार प्राप्त गर्नेछन् । प्रतियोगितामा भाग लिन चाहनेको उमेर १६ देखि २२ वर्षको हुनुपर्ने, कम्तिमा एसएलसी पास गरेको हुनुपर्ने छ । प्रतियोगितामा छनोट भएकालाई रोहिया महर्जनले नृत्य सिकाउने छिन् ।

Comments