नन्दा बस्यालको नेतृत्वमा भेरी कलाकार समाज गठन
screennepal
प्रकाशित: २०७१, १ मंसिर सोमबार
no img

भेरी अञ्चलमा स्थायी घर भई हाल राजधानी काठमाडौंमा बस्दै आएका भेरी अञ्चल भित्रका कलाकारहरुको हकहित र संरक्षणका लागी भेरी कलाकार समाज गठन गरिएको छ ।
चर्चिक हास्य टेलिश्रृंखला झ्याईंकुटी झ्याईंकी नन्दा बस्यालको अध्यक्षतामा १७ सदस्यीय भेरी कलाकार समाज शनिबार राजधानीमा गठन गरिएको हो । समाजको प्रथम उपाध्यक्षमा टीका पून, द्धितिय उपाध्यक्षमा नवीन दैलेखी, महासचिवमा कमल वि.सी. माल्दाई, सचिवमा धीरेन्द्र शाही, कोषाध्यक्षमा धनराज चुनारा र सह– कोषाध्यक्षमा प्रेमसंगी वली रहनु भएको छ ।
यसैगरी सदस्यहरुमा पूर्णकला बि.सी., स्मृति शाही, भीम कुसारी, केके अधिकारी, चिरञ्जीवी सापकोटा, अर्जुन खड्का, आरजे सोनी, रेश्मा पुन, लगाएत रहनुभएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका प्रथम उपाध्यक्ष टीकाराम चपाई, गायक तथा संचारकर्मी कृष्ण कंडेलको विशेष उपस्थितिमा समाजको गठन गरिएको हो ।

news 1साथै भेलामा कलाकारहरु शंकर वि.सी, भद्र वली, बलबहादुर बि.सी., नन्दराम परियार, रकेश वली, चन्द्र सुनार, विपी वाग्ले, जानकी तारमी मगर, रविन्द्र सुवेदी, दिपक रेग्मी, धु्रब हिमाली, गोपाल घर्ती मगर, कमल बिष्ट, सुरेन्द्र बि.सी.,आकाश मल्ल ठकुरी, निरुता शाही, दिपासा बि.सी., लगाएत भेरी अञ्चलका बाके, बर्दिया, सुर्खेत, दैलेख र जाजरकोटका करिब ६० जनाको उपस्थिति रहेको थियो । भेलाले २ जना सदस्य पछि थप्ने निर्णय समेत गरेको छ ।

 

Comments