‘उदाहरण’ की एनीको ‘स्टेन्ज चाइल्ड’
screennepal
प्रकाशित: २०७१, २४ कार्तिक सोमबार
no img

काठमाडौं । चार वर्षीया कलाकार एनी भट्टराईको शिर्ष भुमिका रहेको चेतनामूलक लघुचलचित्र ‘द स्टे«न्ज चाइल्ड अफ रुलर भिलेज’को प्रथम प्रदर्शन तथा प्रचार सामाग्री सार्वजनिक गरिएको छ ।
आइतबार राजधानीमा एक समारोहबीच प्रदर्शन गरिएको ‘द स्ट्रेन्ज चाइल्ड अफ रुलर भिलेज’मा ग्रामिण क्षेत्रका बालबालिकाहरु पवित्र र सहयोगी भावनाका हुन्छन् भन्ने दर्साइएको छ । बरिष्ठ निर्देशक यादव खरेलको प्रमुख आथिथ्यमा आयोजित कार्यक्रममा नेकपा एमालेका युवा नेता योगेश भट्टराईलगायतका नेता तथा कलाकारको सहभागिता थियो ।

SAM_5175
अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा सहभागिता जनाउनका लागि तयार गरिएको उक्त चलचित्रको छायांकन काठमाडौंमै गरिएको हो । विशुद्ध बालबालिकासँग सम्बन्धित चलचित्रमा एनीको दोस्रो चलचित्र हो । यसअघि उनले चलचित्र ‘उदहरण’ मा अभिनय गरेकी छन् ।
चलचित्रमा एनीको अलावा निलम भट्टराई, कुुसुम गुरुङ, ज्ञानबहादुर शाही, राजकुमार सुवेदीलगायतका कलाकारको अभिनय  छ । आरुसी भट्टराईको निर्माण रहेको यस चलचित्रलाई  सन्तोष ढकालले निर्देशन गरेका हुन् । एनीलाई अहिलेसम्म नेपालकै कान्छी कलाकार भनिएको छ ।

Comments