सुर्खेतको समावेसीमा ‘चटारो’
screennepal
प्रकाशित: २०७१, १९ कार्तिक बुधबार
no img

काठमाडौं । सुर्खेतमा निर्माण गरिएको हास्य टेलिशृंखला ‘चटारो’ प्रसारणको छोटो अविधमै स्थानीय दर्शकको मनमा बस्न सफल भएको छ । प्रसारणको दोस्रो साता बित्दा दर्शकबाट उत्साहजनक साथ पाएको निर्माणपक्षले जनाएको छ । सुर्खेतमै सम्पूर्ण पोस्ट प्रोडक्सन गरिएको हो ‘चटारो’ ।

chataro
सप्तरंगी मोडल आर्टस्को प्रस्तुती रहेको ‘चटारो’ स्थानीय समावेशी टेलिभिजनमार्फत् प्रसारण भएको हो । हरेक बिहीबार साँझ ७ बजे तथा हप्तामा तीनपटक पुनः प्रशारण भइरहेको व्यवस्थापक जीतलाल ढकालले बताए । टेलिशृंखलामा विष्णुभक्त फुयाँल, चिरञ्जिवी सापकोटा, वेदन थापा, चन्द्र मन्दिर, ‘हर्के हवल्दार’को पात्र निरुता शाही, उत्तम शर्मा, माया थापा, विष्णु पौडेल, चेतन पुरी, दिनेश खत्रीलगायतका कलाकारले अभिनय छ । कथा तथा परिकल्पना उत्तम शर्माको रहेको ‘चटारो’ मा छायांकन तथा सम्पादन अंकित खाँड ठकुरीको छभने लेखन तथा निर्देशन चिरञ्जवी सापकोटा र वेदन थापाले गरेका हुन् । टेलिशृंखला ५ भागसम्म प्रसारण हुनेछ ।

Comments