‘सिंहदरबार’भित्र के–के हुन्छ ? (लौ हेर्नुस् भिडियोसहित)
screennepal
प्रकाशित: २०७५, १५ श्रावण मंगलवार
no img

देशकै सबैभन्दा ठूलो प्रशासनिक क्षेत्र हो सिंहदरबार । जहाँ प्रधानमन्त्रीदेखि पियनसम्म बस्छन् । अधिकांश देश हाँक्ने मन्त्री र सचिवलालयहरु पनि सिंहदरबारभित्रै छ । आखिर सिंहदरबारमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म के–के हुन्छ त ? त्यस्तै सेरोफेरोमा टेलिचलचित्र ‘सिंहदरबार’ को दोस्रो संस्करण यहाँ प्रस्तुत गरेका छौं ।

अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (युएस्एआइडी) को सहयोगमा सर्च फर कमन ग्राउन्ड नेपालले शुभ मिडिया होमसँगको साझेदारीमा उत्पादन गरेको ‘सिंहदरबार–२’ युट्युबबाट पनि सार्वजनिक गरिएसँगै यहाँ प्रस्तुत गरिएको हो । हरेक शनिबार बेलुका ८ः५० देखि नेपाल टेलिभिजनमा प्रसारण हुने श्रृंखला प्रसारण लगत्तै युट्युबमा पनि हेर्न सकिनेछ । करिब साढे २ बर्षअघि उत्पादन तथा प्रसारण गरिएको टेलिश्रृंखला‘सिंहदरबार’को पहिलो सिजनको निरन्तरताको रुपमा सर्च नेपालले दोस्रो सिजनको निर्माण गरी प्रसारण गरेको हो ।
टेलिश्रृंखलाको यो सिजन, संघीय संरचनामा जाँदा नेपालले सामना गर्ने चुनौति र अवसरहरुमा केन्द्रित छ । नेपालमा संघीय संरचना तथा त्यससँग सम्बन्धित नीति र योजनालाई सफलतापूर्वक कार्यान्वयन गर्न महिला प्रधानमन्त्री आशा सिंह कसरी सफल हुन्छिन् भन्ने कुरालाई दोश्रो सिजनमा देखाइएको छ ।
नवीन सुब्बाले निर्देशन गरेको यो टेलिश्रृंखलामा रमेश रन्जन झा, प्रमोद अग्रहरी, रमेश बुढाथोकी, आलोक थापा, बादल भट्ट, देशभक्त खनाल, प्रकाश घिमिरे, हेमन्त चालिसे, प्रभात रिमाल, सुरेश चौधरी, सबिना गोपाली, रेम विक लगायतका कलाकारको अभिनय छ ।

Comments