रमाईलो टिभीमा ‘जे होला होला’ | Screennepal

रमाईलो टिभीमा ‘जे होला होला’

रमाइलो टेलिभिजनबाट हाँस्य टेलिशृँखला ‘जे होला होला’ प्रशारण सुरु भएको छ । बिहीबारदेखि औपचारिक घोषणासँगै प्रशारण सुरु भएको हो ।
औपचारिक घोषणा कार्यक्रम गर्दै ओइपियलका अध्यक्ष दयाराम पाण्डे, रमाइलो टेलिभिजनका समन अधिकारीलगायतले शुभकामना दिएका थिए । टेलिशँृखलाका लेखक तथा निर्देशन सल्लाहकार उत्तम केसीले भने, ‘हाम्रो टिमले मिहिनेत गरेर एउटा समसामयिक हाँस्य टेलिश्रृङ्खला दर्शकमाझ प्रस्तुत गरेका छौ, यसले सबैको मन जित्नेमा म आशावादी रहेको छु ।’
अग्रज र अनुभवि हाँस्यकलाकार केसीको लेखन, दमन रुपाखेतीको निर्देशन रहेको ‘जे होला होला’ रमाईलो टिभीबाट हरेक बिहीबार राति ८ः३० बजे प्रशारण हुनेछ । बिहीबार प्रशारण भएको पहिलो भागमा राजनीतिक व्यग्यमा भारतले गरेको सीमा अतिक्रमणका विषयलाई चोटिलो रुपमा प्रस्तुत गरिएको थियो भने घरवेटी र भाडावालका समसामयिक विषय पनि उठान गरिएको छ ।
उत्सव केसी मुख्य सहायक निर्देशक रहेको उक्त टेलिशँृखलामा उत्तम केसी नेपाल, लक्ष्मण विक्रम वस्नेत, मुकुन्द मैनाली, सुशीला निरौला, उत्सव केसी, गीता नेपाल, विमला गौतम, सुमितकुमार घिमिरे, सबिता गजमेर, पूरुषोत्तम खडका, मनिता डंगोल, सागर खडका, सरस्वती पाण्डे, कृष्णभिरलगायतका कलाकारको अभिनय रहेको छ ।
दीपक रायमाझीको प्रकाश, लक्ष्मी मल्लको शँृगार, राजु श्रेष्ठको छायाँकन, पुष्कर सुनुवारको संगीत, चिरञ्जिवि भण्डारीको गायन रहेकोछ । सरिता गौतमको सम्पादन रहेको यस सिरियलमा तारकेश्वर कला प्रतिष्ठानको प्रस्तुति र कार्यकारी निर्माता उज्मा केसी र श्रीतिजा केसी रहेका छन् ।



Facebook Comment