निर्णयको सफलता च्यारिटी
screennepal
प्रकाशित: २०७१, ३१ भाद्र मंगलवार
no img

10521462_545859798880116_4207683166138496543_n

काठमाडौं । चर्चित गायक तथा -यापर निर्णय श्रेष्ठ ‘एनएसके’ केही दिनअघि भद्रकालीस्थित आर्मी अफिसिर्यस क्लवमा देखिए । जहाँ उनी एक विशेष च्यारिटी लिएर उपस्थित भएका थिए ।
गायक निर्णयको कार्यक्रम सफलताका लागि उपराष्ट्रपति परमानन्द झा र प्रधानमन्त्री सुशील कोइरालासमेत शुभकामना दिएका थिए । विशेष च्यारिटी कार्यक्रम भएकै कारण उपराष्ट्रपति र प्रधानमन्त्रीले शुभकामना व्यक्त गरेका हुन् । पहिचानसहितको नेपालकै पहिलो विद्यालय ‘सफलता एचआइभी शिक्षा सदन’ को सहयोगार्थ निर्णयले च्यारिटी सो गरेका थिए ।
कीर्तिपुरस्थित भत्केको पार्टीका रहेको सो विद्यालयमा एचआईभी संक्रमित २२ बालबालिका अध्ययनरत छन् । राजकुमार पुनद्वारा सञ्चालित स्कुलमा दाङ, प्युठान र रोल्पालगायत जिल्लाका संक्रमित बालिबालिका अध्ययनरत छन् । तिमध्ये अधिकांशका बाबुआमा छैन ।
सन्देशमा प्रधानमन्त्री कोइरालाले ती संक्रमित बालबालिकाको भविष्यप्रति चिन्ता व्यक्त गर्दै सन्देशमा  लेखे, ‘बाबुआमा एचआईभी एड्स संक्रमणमा परी जीवन गुमाएर अनाथ भएका बालबालिकाहरुको सु–स्वास्थ, दिर्घजीवन र उत्तोरतर प्रगतिको कामना गर्दै उनीहरुको भबिष्य उज्ज्वल बनाउने कार्यका लागि रकम संकलन गर्न आयोजना गरिएको सांस्कृतिक कार्यक्रमको सफलताको लागि शुभेक्षा प्रकट गर्दछु ।’
प्रधानमन्त्री कोइरालाले कार्यक्रम आयोजक र निर्णयलाई शुभकामना दिँदै सन्देशमा लेखे, ‘कार्यक्रम आयोजक, कार्यक्रममा सहभागी हुनुहुने कलाकार र सामाजिक सेवामा योगदान गर्न हृदयदेखि नै उत्साहित रहनु भएका समस्त दर्शक र श्रोता, सहभागी दिदीबहिनी तथा दाजुभाईहरुमा हादिर्क शुभकामना ।’

IMG_0393
गायक निर्णय सन् २००६ देखि निरन्तररुपमा सांगीतिक यात्रा गरी ग्रामिण भेगका बालबालिकाहरुको शिक्षा विकासको निम्ति ‘स्कुल–स्कुल’ नामक अभियान चलाउँदै आएका छन् । आफ्नो अभियानमार्फत अहिलेसम्म २० लाखभन्दा बढी कापी, कलम, किताबलयायत अन्य शैक्षिक सामग्री तथा लत्ताकपडा उपलब्ध गराइसकेको निर्णयले बताए । गायनमार्फत पनि समाजसेवी गर्न सकिन्छ भन्ने उदाहरण दिँदै आएका गायक तथा ¥यापर निर्णयलाई सो च्यारिटी सो सफल पार्न उपराष्ट्रपति  झाले शुभकामना दिएका थिए ।
सन्देशमा उपराष्ट्रपति झाले लेखे, ‘पढ्न पाउनु सबैको नैसर्गिक अधिकार हो । एचआइभी संक्रमित बालबालिकाहरुका लागि पहिचानसहितको नेपालकै पहिलो बिद्यालय सफलता एचआईभी शिक्षा सदन नामक बिद्यालय स्थापना हुनु आफैमा एउटा महत्वपुर्ण एवं उदाहरणीय कार्य हो ।’ कार्यक्रममा सफलता एचआईभी शिक्षा सदनमा अध्यनरत बालबालिकाहरुलाई इनोभेट बुटिकले प्रदान गरेको ड्रेस लगाएर स्टेजमा क्याटवाक गरेका थिए ।
कार्यक्रममा एमाले सभासद् रबिन्द्र अधिकारी, कांग्र्रेस सभासद नविन्द्रराज जोशी, मेगा बैकका सीईओ अनिल शाह, युवा व्यवसायी बिजय खड्कालगायतको उपस्थिति थियो । सो च्यारिटीमार्फत उठेको रकम मंगलबार एक कार्यक्रमबीच विद्यालयलाई हस्तान्तरण गरिएको गायक निर्णयले बताए ।

Comments