यस्तो पो जन्मदिनको उपहार !
screennepal
प्रकाशित: २०७१, २२ भाद्र आईतवार
no img

काठमाडौं । यस्तो पो जन्मदिनको उपहार हुनपर्छ । निर्देशक सुदर्शन थापाले आफ्नो जन्मदिनमा उपहारस्वरुप फिल्म निर्देशनको प्रस्ताव पाएका छन् । ३२औं जन्मदिनका अवसरलाई सर्दशनलाई आसुसेन फिल्मस् प्रोडक्सनले एक नयाँ फिल्म निर्देशनको जिम्मेवारी दिएको हो । प्रोडक्सन हाउसका प्रमुख सन्तोष सेन ठकुरी र मिलन सेन ठकुरीले थापालाई ‘सप्राईज स्वरुप’ पहिलो फिल्म निर्देशनको जिम्मेवारी दिएका हुन ।

sudarshan Thapa3
‘पहिलो प्रोजेक्ट सुर्दशनजीसँग गर्ने इच्छा थियो । त्यसैले उहाँको बर्थडेको अवसरमा उहाँलाई गिफ्ट स्वरुप फिल्म निर्देशनको जिम्मवारी दिएका हौं’ सन्तोष सेनले भनेका छन् । फिल्ममा सुर्दशन आफै प्रमुख कलाकारका रुपमा देखिने बताइएको छ । यस्तै, उक्त फिल्ममा सुवास थापा पनि देखिने भएका छन् भने प्रेम पुरी र हिरोइनको रुपमा पूजा शर्मा रहने बताइएको छ । फिल्मको टाइटल केही हप्तापछि सार्वजनिक गर्ने जनाएको छ भने सिनेमाटोग्राफर राजेश श्रेष्ठ, लेखक रामशरण पाठक र चिफ असिस्टेन्ट बसन्त अधिकारीलाई अनुबन्ध गरिएको छ । सुर्दशन थापा मुख्य हिरो भएर खेलेको फिल्म ‘अझै पनि’ १५ फाल्गुनमा प्रर्दशन हुँदैछ ।

Comments