नाचघरमा ‘एनडिए डान्स फेस्टिभ–२०१४’
screennepal
प्रकाशित: २०७१, १६ भाद्र सोमबार
no img

n

काठमाडौं । नृत्य छेत्रमा छुटै पहिचान बनाउन सफल नेपाः डान्स एकेडेमीमा प्रशिक्षण लिइरहेका २ सय ५० प्रशिक्षार्र्थीलाई शनिबार राष्ट्रिय नाचघरको डबलीमा उत्रिए । पहिलोपटक एरिअल डान्ससहित विविध २५ वटा आकर्षक नृत्यहरू समावेश ‘एन.डि.ए. डान्स फेस्टिभ सिजन–३’ मा लोकप्रिय कलाकारहरु दिया मास्के, यमबुद्घ, डिआइडि लिटिल मास्टरका उपबिजेता ओम छेत्री, क्लिनिक प्लस हेअर कन्टेस्टका राष्ट्रिय बिजेता सृष्टि महर्जनलगाएतले प्रस्तुति दिएका थिए । इभेन्टको म्यानेजमेन्ट रीना महर्जन गरेकी थिइन् ।
नृत्यका बिद्यार्र्थीको अभिवाहक सहभागी रहेको कार्यक्रममा फेशन शो पनि प्रस्तुत गरिएको थियो । कार्यक्रममा नमुना कलेज अफ फेशनका भाइस प्रिन्सिपल जिबेश्वरलाल श्रेष्ठ तथा फेशन डिजाइनर सुभेच्छा भदेल निर्णायक थिए । नेपाः डान्स एकेडेमीका अधक्ष्य रोहिया महर्जनका अनुसार कार्यक्रममा वर्षभरी उत्कृष्ट प्रतिभा प्रदर्शन गरेका बिद्यार्र्थीलगायत बरिष्ठ नृत्य प्रशिक्षक हनी श्रेष्ठ, समाजसेवी पूर्णकाजी ज्यापू, सृृष्टि महर्जन तथा डिआइडि लिटिल मास्टरका उपबिजेता ओम छेत्रीलगायतलाई सम्मान गरिएको थियो ।

Comments