बलिउड अभिनेत्री नेहा धुपिया नेपालमा
screennepal
प्रकाशित: २०७१, २३ श्रावण शुक्रबार
no img

काठमाडौ । बलिउड अभिनेत्री नेहा धुपिया नेपालमा छिन् । उनी ‘ब्रान्ड फेस्ट’ नामक कार्यक्रममा सहभागी हुन काठमाडौं विहीवार नेपाल आएकी हुन् । शुक्रबारदेखि ह्यात रिजेन्सी होटलमा सुरु हुने उक्त कार्यक्रममा सहभागी भएर उनी शनिबार साँझ भारत फर्किने बताइएको छ ।
मार्केटिङ सम्बन्धी अन्तत्र्रिmयात्मक कार्यक्रम भनिएको उक्त ‘ब्रान्ड फेस्ट’मा भारतीय विज्ञापन निर्देशक प्रल्हाद ककार र सुनिलकुमारले मिडिया र विज्ञापनबारे बोल्नेछन् । कार्यक्रमलाई अभिनेत्री नेहाले सञ्चालन गर्ने आयोजकको जनाएको छ । काठमाडौं आउनुअघि उनले ‘नेक्स्ट स्टप काठमाडौं नेपाल’ लेखेर ट्वीटरमा आफ्नो फोटो अपलोड गरेकी थिइन् ।
सन् २००२ की मिस इन्डिया समेत रहेकी नेहाका ‘चुप चुप के’, ‘गरम मसला’, ‘दश कहानियाँ, ‘सुटआउट एट लोखन्डवाला’, ‘एक्सन रिप्ले’, ‘सिंह इज किङ’ र ‘फाइट क्लब’ लगायत फिल्म हिट भएका थिए ।

Neha_Dhupia_3

Comments