भाइरल बन्दै फिल्म ‘सम्बोधन’का डायलग
screennepal
प्रकाशित: २०७१, २२ श्रावण बिहीबार
no img

काठमाडौं । निर्देशक हेमराज विसी भन्नेबित्तिकै धेरैलाई फिल्म ‘होस्टेल’ र त्यसका डायलगको याद आउँछ होला । किनकी ‘यो भनेको त यस्तो हुनुपर्छ, यस्तो त फलानो पनि छ नि’ भन्नेडायलग भाइरल नै भएको थियो ।
उनले निर्देशन गरेको दोस्रो फिल्म ‘सम्बोधन’का डायलग पनि जनज्रिबोमा झुण्डिन थालेका छन् । ट्रेलरको एकदृष्यमा दयाहाङ राईले बोलेको ‘तेरो अण्डरवेयर हो र, फेलेक्जिबल हुनलाई, पुलिस अलि कडै हुनुपर्छ’ भन्ने अहिले युवामाझ चर्चित छ । यसका परिबर्तित रुप सुनिन थालेका छन् ।

aaa
त्यसैगरी फिल्मका अरु समसामयिक डायलग पनि सार्वजनिक हुने क्रममा छन् । रोल्पालाई राजधानी बनाउने नेताका गफमाथि बनाइएको ‘रोल्पालाई राजधानी बनाउने कुरा त कहाँ पुग्यो कहाँ ? राजधानीको हालत रोल्पको जस्तो देख्दा दुःख लाग्छ ।’

binay copy (1)
समस्या बताउनै हुन्न अनेकथरी समाधान बताइदिएर हैरान पार्ने नेपालीको बानी नै हो । यही बानीमाथि फिल्मभित्र गज्जबको डायलग बनेको छ, ‘संसारमा सजिलै पाइने चिज हो, सल्लाह र सुझव, केही गरेपनि नपाइने चिज हो, सहयोग ।’ सल्लाह सुझावका लागि अघि बढ्नेहरु सहयोग माग्दा तर्केर हिड्छन् ।

namrata (2)
भदौ ६ गते रिलिजको तयारीमा रहेको फिल्म अपेक्षा गरिएको नेपाली फिल्ममध्य पर्छ । सरोज न्यौपाने निर्मित फिल्ममा दयाहाङ राई, नम्रता श्रेष्ठ, विनय श्रेष्ठ, प्रशान्त ताम्राकारलगायतले अभिनय गरेका छन् ।

Comments