‘बन्दुक त कति पड्काइयो–पड्काइयो’ (फोटोसहित)
screennepal
प्रकाशित: २०७१, २० श्रावण मंगलवार
no img

IMG_8858काठमाडौं । ‘बन्दुक त कति पढ्काइयो–पढ्काइयो’ निर्देशक बिनोद सेरेङले एक प्रशंगमा भने, ‘इन्सास राइफल पनि पड्काइयो ।’ सेरेङले केलाई निशानी बनाएर बन्दुक पड्काए होलान् त ? उनले थपे, ‘दुश्मनलाई नै हो ।’ उनले अभिनय गरेर बन्दुक पढ्काएको पनि होइन । कारगिल युद्धमा आधारित चलचित्र ‘निशानी’ निर्देशन गरेका सेरेङले भने, ‘यो चलचित्र बनाउँदा बन्दुक पड्काउन पनि राम्ररी सिकियो ।’

IMG_8630२७ भदौमा रिलिज हुन गइरहेको चलचित्र ‘निशानी’ अहिले पोष्ट प्रोडक्सनको अन्तिम चरणमा छ । तर, निर्माणपक्ष भने अहिलेबाटै प्रचारमा जोडतोडका साथ लागेका छन् । चलचित्र प्रचारकै क्रममा चलचित्रका निर्देशक विनोद सेरेङले ‘निशानी’ बारे नयाँ–नयाँ तथ्यहरु खुलाउन थालेका छन् । यसैक्रममा निर्देशक सेरेङले इन्सास राइफल पड्काएको अनुभव शेयर गर्दै भने, युद्धको इतिहास पर्दामा उतार्न रिक्स समेत मोल्नु प¥यो ।’ त्यो रिक्समध्ये सुटिङमा अर्जिनल हतियार प्रयोग गर्नु हो । अर्जिनल हतियार प्रयोग गर्दा अलिकति मिस्टेक भयो भने ज्यान धरापमा पर्ने डर थियो ।
निर्देशक सेरेङका अनुसार ‘निशानी’ अन्य नेपाली चलचित्रभन्दा धेरै फरक छ । सेरेङले ‘निशानी’ बुँदागत रुपमा फरक औल्याएका छन् । ‘निशानी वीर गोर्खालीहरुको इतिहासको निशानी हो’ निर्देशक सेरेङले भने, ‘राज्यले वास्ता नगरेको विषय हामीले उठाएका छौं ।’ त्यस्तै, उनले आफ्नो ‘निशानी’ एक मौलिक चलचित्र बताउँदै १९९९ मा भारत–पाकिस्तानबीच भएको कारगिल युद्धमा वीरगति प्राप्त गरेका गोर्खालीप्रति समर्पित भएका बताए । यसअघि पनि लाहुरेको कथामा धेरै चलचित्र बनाइए पनि कारगिलमा ज्यान विरगति प्राप्त गरेका गोर्खालीको इतिहासलाई कतै नउठाइएकाले ‘निशानी’ बनाएको सेरेङको दावी छ । सन् ११९९ मा भारत–पाकिस्तानबीच भएको ‘कारगिल युद्ध’ अर्थात् ‘खलबार’ मा आधारित चलचित्र हो, ‘निशानी’ । उक्त ‘खलबार’ मा १४ गोर्खालीले वीरगति प्राप्त गरेका थिए ।

DSC09910चलचित्रमा अर्जिनल हतियार प्रयोग गरिएको समेत निर्देशक सेरेङले बताए । उनका अनुसार कारगिल युद्धमा के कस्तो हतियार प्रयोग भएको थियो, त्यो ‘निशानी’ मा हेर्न सकिने छ । उक्त हतियार गोर्खा पल्टनले नै प्रदान गरेका थिए । खलबारमा कस्ता हतियार प्रयोग भएको थियो त ? भन्ने प्रश्नमा सेरेङले भने, ‘त्यतिखेर चलेको हतियार भनेकै इन्सास राइफल हो । ति हतियार निशानीमा प्रयोग गरिएको छ । एक किसिमले भन्ने हो भने ‘निशानी’ बन्दुकको कथा पनि हो ।
नेपाली ‘गोर्खाली’ को बीरगाथा उजागर गरिएको फिल्म ‘निशानी’ बाट रजतपटमा अनु गुरुङ डेब्यु गदैंछिन् । सिनाई कर्मसिय प्रालिको ब्यानरमा सरोज भण्डरी र ललिता धौभाडेल सेरेङको निर्माण रहेको चलचित्रमा प्रेम सुब्बा, प्रशान्त तामाङ, विष्णु चेम्जोङलगायतका कलाकारको मुख्य अनिभय छ ।

 

Comments