देहसुखका भोका सेलिब्रिटीहरु
screennepal
प्रकाशित: २०७१, १९ श्रावण सोमबार
no img

सेक्स शारीरिक आवश्यकता हो । स्वस्थ शरीरका लागि मात्र नभई स्वस्थ मनका लागि पनि सेक्स आवश्यक रहेको विभिन्न अनुसन्धानले देखाइसकेका छन् । तर, कतिपयको मनलाई सेक्सले स्वस्थ बनाउनुको सट्टा उल्टो रोगी बनाइदिने गरेको छ । सेक्सप्रतिको अतिशय चाहनालाई यौन मनोविद्हरूले यौन रोगको संज्ञा दिने गरेका छन् । सेक्सको यस्तो लत छुटाउन उपचारविधि समेत पत्ता लगाइएका छन् ।
फिल्मी क्षेत्रका हस्ती यौन मामिलामा अलिक उदार हुने भएकाले आफूलाई सेक्स लत भए÷नभएको खुलासा गर्ने सवालमा पनि उनीहरू अगाडि छन् ।
अमेरिकी गायिका तथा अभिनेत्री कर्टनी लभ लभले आफूमा कहिल्यै तृप्त नहुने यौन प्यास रहेको खुलासा गरेकी छिन् । ९ जुलाईमा ५० औँ जन्मदिवस मनाएकी लभले सेक्सबिना आफू बाँच्नै नसक्ने बताएपछि उनका फ्यान छक्क परेका थिए । उनकी २१ वर्षीया छोरी छिन् । श्रीमान् कर्ट कोबेनको निधन भइसकेकाले उनले कोबाट यौन तृप्ति हासिल गर्लिन् भन्ने जिज्ञासा स्वाभाविक रूपमा धेरैमा थियो । यस्तो जिज्ञासाको समाधान गरिदिँदै उनले भनिन्, ‘यौन भएन भने बाँच्नै नसक्ने भएकी छु । त्यसैले बाँच्नका लागि मैले केही थान सेक्स पार्टनरलाई निकट राखेकी छु ।’ यौनलाई जीवनकै मुख्य प्राथमिकतामा आफूले राख्ने गरेको उनले बताएकी छिन् । चुम्बनप्रति आफूमा अझ बढी आशक्ति रहेको उनले बताइन् ।
यौन भनेपछि हुरुक्कै हुने अर्का स्टार हुन्, माइकल डगलस । निर्देशनमा पनि दक्खल राख्ने उनी आफू सेक्स एडिक्ट भएको स्विकार्छन् । सन् १९९० मा उनले यौन लतको उपचार गर्न चिकित्सकको सहयोग लिएका थिए । तर, जताततै यो समाचार छाएपछि उनी तिनमा सत्यता नरहेको बताउँदै पन्छिन खोजेका थिए ।
हालसालै डगलसको घाँटीमा क्यान्सर भएको पत्ता लागेको छ । क्यान्सर हुनुको कारण यौन लत भएको उनी स्वयंले स्विकारेका छन् । ‘हरेक महिलासँग ओछ्यानमा जाँदा मुखमैथुन मेरो प्राथमिकतामा रहने गरेको छ । मुखमैथुनका क्रममा योनीका भाइरस मेरो मुखमा छिरेर मलाई क्यान्सर भएको रहेछ,’ ६९ वर्षीय डगलसले बताएका थिए । हलिउड अभिनेत्री क्याथरिन जेटा–जोन्ससँग बिहे गरेका उनले ‘बेसिक इन्स्टिङ्ट’ र ‘फेटल अट्र्याक्सन’जस्ता सुपरहिट फिल्ममा अभिनय गरेका छन् ।

bi-90422
बलिउड अभिनेता रणवीर सिंह पनि सेक्स मामिलामा बोल्न हिचकिचाउँदैनन् । केही समयअघि उनले आफ्नो पर्समा हमेसा कन्डम रहने गरेको बताएका थिए । जति बेला जहाँ पनि सेक्सको स्वाद चाख्ने अवसर आइलाग्न सक्छ भनेर कन्डम बोकेर हिँड्ने उनलाई एक कन्डम कम्पनीले ब्रान्डिङका लागि हायर गरेको थियो ।
केही समयअघि उनले जीवनको मुख्य प्राथमिकतामा सेक्सलाई पनि राखेको बताएका थिए । ‘सेक्सलाई उच्च प्राथमिकता दिने गरेको छु । यसो भन्दा मलाई असहज महसुस भएको छैन । सेक्सले असहज महसुस गराउँदैन, चरम आनन्द दिन्छ,’ उनले भनेका थिए । आफ्नो यौन जीवन अत्यन्त सक्रिय रहेको समेत उनले बताएका थिए ।
बेलायती अभिनेता ड्यानिएल क्रेग अहिले शान्त र संयमित देखिन्छन् । गुप्चतरीसम्बन्धी फिल्म र टेलिफिल्ममा अभिनय गरी ख्याति कमाएका डेनिएलको जीवन कुनै बेला सेक्सले आक्रान्त थियो । रासेल वेस्जसँग लगनगाँठो कसेका उनले किशोरावस्थामा आफ्नो दिमागमा यौनबाहेक केही नरहेको बताएका थिए । ‘हुन त बैँसमा सबैले यौनबारे सोच्छन्,’ उनले भनेका थिए, ‘तर, म अलिक बढी नै सोच्ने गर्थें । मेरो दिमागमा सेक्सबाहेक अरू केही कुरा आउँदैनथ्यो । जति बेला पनि मन युवतीको पेन्टीवरिपरि घुमिरहेको हुन्थ्यो ।’
यौन आशक्ति रहेका अर्का हलिउड अभिनेता हुन्, चार्ली सिन । उनी दुई श्रीमतीसँग डिभोर्स गरेर अहिले तेस्री श्रीमतीसँग जीवन गुजारिरहेका छन् । आफूमा यौन लत भएको उनी स्वयंले स्वीकार गरेका छैनन् । यद्यपि, उनीसँग संगत गर्नेहरूले भने यौनले उनी कहिल्यै नअघाउने गरेको बताउने गरेका छन् ।
सन् १९९४ मा उनीबारे अदालतमा सुनुवाइ भएको थियो । जथाभावी मादकपदार्थ र ड्रग सेवन गरेकोदेखि घरेलु हिंसामा संलग्न भएकोसम्म आरोप उनीमाथि लागेका थिए । अदालती सुनुवाइका क्रममा उनले वेश्याहरूबाट आफूले यौन आनन्द लुट्ने गरेको स्विकारेका थिए । वेश्याहरूको सेवा पाउन आफूले ५३ हजार डलर खर्च गरिसकेको पनि उनले बताएका थिए ।
अहिले पनि उनी यौन आनन्दका लागि घरबाहिर धाइरहेका हुन्छन् । नेकेड डान्स बारेमा फेला परिरहने यी ४८ वर्षीय अभिनेताले वेश्याहरूबाट सेवा लिने स्वभाव अझै त्याग्न सकेका छैनन् ।
अमेरिकी अभिनेता, लेखक तथा फिल्म निर्माता डेभिड डुचोभ्नीले टीभी सिरियल ‘क्यालिफोर्निकेसन’मा अतिशय यौन चाहनाले ग्रस्त लेखकको भूमिका निर्वाह गरेका थिए । वास्तविक जीवनमा पनि उनी ‘सेक्स अब्सेस्ड’ रहेछन् भन्ने सन् २००९ मा खुलासा भएको थियो । त्यतिबेला उनीसँग श्रीमती टी लियोनी सम्बन्ध विच्छेद गरिन् । श्रीमतीबाट टाढिनासाथ डेभिडलाई उपचारका लागि सेक्स रिह्याबिलिटेसन सेन्टरमा राखिएपछि उनीमा रहेको यौन लतका कारण उनको बिहे टुटेको जानकारी सबैले पाएका थिए । रिह्याब सेन्टरमा केही समय बसेपछि उनको दाम्पत्य जीवन पुनः जोडिएको थियो ।
सेक्स लतबाट प्रताडित अर्का अभिनेता हुन्, रसेल ब्रान्ड । कमेडी फिल्ममा अभिनय गरेर ख्याति कमाएका उनलाई यौन लतले धुरुक्कै रुवाएको रहेछ । जतिबेला पनि सेक्स गर्न मन लाग्ने र सेक्स गर्न पाएन भने छटपटी भएर काममा मन लगाउनै नसक्ने अवस्था आएपछि उनले उपचार गराएका थिए । यौनको तलतल मेट्न उनी वेश्याकहाँ धाइरहन्थे । एकैपटक १० जना युवतीसँग आफूले रमाइलो गर्ने गरेको उनले खुलासा गरेका थिए । ‘मेरो यौन चाहना यति प्रबल छ कि एकैपटक १० जना युवतीसँग रमाइलो गरेको छु,’ उनले भनेका थिए ।
–एजेन्सीबाट

Comments