क्यामेरामा कैद भो नन्दिताको ‘हट अवतार’ !
screennepal
प्रकाशित: २०७१, १६ श्रावण शुक्रबार
no img

nandita

काठमाडौं । नन्दिता केसी नेपाली चलचित्र क्षेत्रमा शालिन अभिनेत्रीका रुपमा चिनिन्छन् । ‘नन्दिता न कन्ट्रोवर्सी चाहन्छिन्, न त स्क्याण्डल नै’ चलचित्र क्षेत्रमा यी अभिनेत्रीको यस्तै चर्चा गरिन्छ । रजतपटमा करिअर सुरु गरेयता नै ‘थोरै तर राम्रो’ भन्ने मान्यताकी नन्दितालाई  को अर्को परिचय हो, ‘इमान्दार युवती ।’ तर, समय बदलिँदो छ । समयसँगै परिवर्तन हुनुपर्छ भन्ने भान सायद पछिल्लो समय नन्दितालाई पनि भयो । त्यसैले त उनले चलचित्रमा ‘हट सीन’ दिन तयार भइन् ।

nandita 1
एक दशकभन्दा लामो अभिनयकारिताको करिअरमा नन्दिताले पहलोपटक ‘आइटम नम्बर’ गरेकी छन् । निर्माणाधिन चलऽचित्र ‘जंगबहादुरको कोट’ मा नन्दिताको ‘हट अवतार’ देख्न पाइने भएको छ । चलचित्रको ‘आई नीड योर लऽभ बेबी’ बोलको आइटममा गीतमा उनले हट डान्स गरेकी छन् । सो आइटम नम्बर ठमेलको एक बारमा छायांकन गरिएको छ ।
गम्भीर बिष्टको कोरियोग्राफी तथा पुरुषोत्तम प्रधानको छायांकन रहेको सो आइटम गीतमा नन्दिताले खुलेरै हट डान्स गरेको निर्माणपक्षको भनाइ छ । यस चलचित्रको निर्देशन आशिष भेटवालले गरिहेका छन् । निर्देशक आशिषका अनुसार ‘जंगबहादुरको कोट’ एक्सन थ्रिलर चलचित्र हो । नामअनुसार चलचित्रमा जंगबहादुरको  बिषय नभएको पनि बताइएको छ ।
चलचित्रमा विमलेष अधिकारी, अनुप बराल, विश्व बस्नेत, सुचित्रा आचार्य, सुवांगी कोइराला, मोहन निरौला र रश्मी भट्टको मुख्य भूमिका छ । ३० प्रतिशत अष्ट्रेलियामै छायांकन गरिएको र बाँकी छायांकन साता दिनमै सकिने निर्माणपक्षले जनाएको छ । चलचित्रमा अन्तर्राष्ट्रिय रुपमा हुने ड्रक्स कारोबारलाई मुख्य बिषय बनाएको छ । योगेन खड्काको कथा, आशिष भेटवालको पटकथा तथा संवाद रहेको यस चलचित्रलाई जयन खड्काले निर्माण गरेका हुन् ।

Comments