तीज आउनलाई अब धेरै बाँकी छैन । नेपाली महिलाहरुको विशेष पर्व हरितालिका तीज नजिकिँदै गर्दा गायिका प्रकृति थलङलाई पनि त्यसको रन्कोले छोएको छ । पछिल्लो समय रहरको पर्वका रुपमा लिन थालिएको तीजलाई लक्षित गर्दै प्रकृतिले ‘तीजैको लहर’ बोलको गीत तथा भिडियो सार्वजनिक गरेकी छन् । प्रकृतिले सोमबार पारेर यो भिडियो सार्वजनिक गरेकी हुन् ।
तीज गीत तथा भिडियो सार्वजनिक गरेपछि प्रकृतिले भनिन्, ‘एउटा तीज गीत गाउने पहिलैदेखि रहर थियो । बल्ल पूरा भयो ।’ तीजको अवसरमा हुने विभिन्न सांगीतिक कार्यक्रममा जाँदा गायक÷गायिकालाई सम्बन्धीत गीतको आवश्यक पर्छ । त्यही आवश्यकतालाई पूर्ति गर्न पनि प्रकृतिले उक्त गीत ल्याएकी हुन् । तर, संयोग के बन्यो भने तीज गीत गाउन रहर गरेकी प्रकृतिले गीतको बोल पनि ‘तीजको लहर’ नै रहेको छ ।
https://www.youtube.com/watch?v=ZvBmC6WSx3A
तीज गीत गाएपनि प्रकृतिले पर्वचाहिँ मनाउने गरेकी छैनन् । अविवाहित महिलाले भनेजस्तो वर माग्दै तीजमा व्रत बस्ने गर्छन् भने विवाहितहरु पतिको दीर्घायूका लाािग । तर, अविवाहित प्रकृतिले भने व्रत बस्न आवश्यक छैन रे । उनी भन्छिन्, ‘म त व्रत बस्दिनँ, व्रत नबस्दा पनि पति पाइला नि ।’
प्रकृतिको सार्वजनिक गीतमा शब्द बुद्धराज राई र संगीत ताराप्रकाश लिम्बूको रहेको छ । नेत्र किरातीको निर्देशन, काजिश श्रेष्ठको कोरियोग्राफी रहेको यस गीतको भिडियोमा सजिना तामाङ, सुक्मित घिसिङ, आकाश थापा, शेरबहादुर मगरलगायतको अभिनय रहेको छ ।