काठमाडौं, २१ असार । गायिका छिमी मम्बाको तामाङ म्हेन्दोमाया गीतले नयाँ रेर्कड राख्न सफल भएको छ । म्हेन्दोमाया गीतमार्फत नै चर्चामा आएकी छिमीको ‘तामाङ ठिट्टी’ बोलको म्हेन्दोमाया गीतको भिडियोलाई यु–ट्युबमा तामाङ म्हेन्दोमाया गीतहरुको रेर्कड तोड्न सफल भएको हो । यस गीतलाई यो समाचार बनाइरहँदासम्म १ लाख ९५ हजारभन्दा धेरै दर्शक तथा श्रोताले हेरिसकेका छन् ।
यस गीतको भिडियोलाई काठमाडौंलगायतका रमणीय तथा धार्मिकस्थलहरुमा छायांकन गरिएको हो । नायक समेत रहेका राजकिङ वाईबाले निर्देशन तथा कोरियाग्राफर गरेकोयस गीतको भिडियोमा रञ्जित गुरुङ, आरम्भ तामाङ र छिमीले पनि अभिनय गरेका छन् । आफ्नो गीतले यु–ट्युबमा छोटो समयमै धरै दर्शक पाएपछि छिमी दंग छन् । उनी भन्छिन्, ‘गीत राम्रो भएकै कारण मेरो म्हेन्दोमाया गीतलाई दर्शक तथा श्रोाताले मन पराइदिएका छन् ।’ उनले आगामी दिनमा पनि राम्रा राम्रा सिर्जनाहरु पस्किँदै जाने बताइन् ।