अमेरिकामा राजेशपायललाई ‘कडा सुरक्षा’ !
screennepal
प्रकाशित: २०७३, ७ मंसिर मंगलवार
no img

काठमाडौं, ७ मंसिर । दायाँ–वायाँ बडीगार्डसहित स्टेजमा आइपुग्दा धेरै जुक्किए, कतै बलिउड वा हलिउड स्टारको त प्रवेश हुँदै छैन ? तर, एकैछिममा दर्शकको कौतुलता भंग भयो, जहाँ नेपाली गायनका मेगास्टार राजेशपायल राई थिए । यी मेगा स्टार गएको शनिबार न्युयोर्कको एक कार्यक्रममा फरकशैलीमा प्रस्तुत भए ।

img_3282-1
‘राजेशपायल राई लाईभ इन न्यूयोर्क साँझ’ नाम दिइएको सांगीतिक कार्यक्रममा उपस्थित हुँदा राजेशपायललाई ठूला ठूला पाखुरा भएका बडीगार्डले स्टेजसम्म आइपुग्न सुरक्षा दिएका थिए । हलिउड र बलिउडका स्टारलाई सुरक्षा दिँदै आएको सुनिएको हो । तर नेपाली कलाकारलाई यसरी कडा सरक्षा दिइएको भने सायद यो पहिलोपटक हो । जो नेपाली गायन क्षेत्रका मेगास्टारले त्यो अमेरिकाको न्युयोर्कमा सम्मान पाएका छन् । न्यूयोर्कको कुईन्समा अवस्थित गुल्सन टेरेस हलमा भव्य रुपमा सम्पन्न कार्यक्रममा न त आसन ग्रहण थियो, न त भाषण । जहाँ राजेशपायले एककोरो मनोरन्जन प्रदान गरेका थिए ।
कार्यक्रममा ‘नाई नभन्नु ल(२’ को शिर्ष गीतबाट गाउँन सुरु गरेका मेगास्टार राजेश पायल राईले ‘तिमीले बाटो फेर्यौ अरे’, ‘म त मर्छु कि क्या हो ठूली’ , ‘सिरै फुल्यो’ , ‘दित्तेल बजार’ , ‘धरान धनकुटा’ , ‘मोहनी लाग्ला है’, ‘दर्शन नमस्ते’ र पछिल्लो एल्बम ‘दर्शन नमस्ते(३’ का शिर्ष गीत लगायत लगभग ३५ वटा लोकप्रिय गीतहरु गाएका थिए भने ‘सागर सरी चोखो माया’ मा एन्जिला राईले साथ दिएकी थिइन् । प्रत्येक गीतको अन्त्य संगै हल दर्शक श्रोताको वान्स मोरको हुटिङ्ले गडगडाहट हुन्थे । दर्शक श्रोताहरुले उनको जोसिलो र ऊर्जावान प्रस्तुतिमा नाचेर साथ दिदादिदै रातको एक बजेको पत्तैपाएनन् ।
कार्यक्रम आईलाईन क्रियसनको तर्फबाट प्रशन राई, जंबु शेर्पा र गम्बु शेर्पाले आयोजना गरेको हो । अमेरिकाको सफल सांगीतिक भ्रमणपछि यहि नोभेम्बर २४ मा गायक राई हङकङ प्रस्थान गर्दैछन् ।

Comments