काठमाडौं । मातृभाषा गायनमा आफ्नो छुट्टै पहिचान बनाएका गायक ब्रविम लिम्बू ‘शेर्मा’ मायालुलाई हाल खबर सोध्दै आएका श्रोता तथा दर्शकमाझ आएका छन् । उनी गीतमार्फत ‘के छ हाल खबर ?’ भन्दै आफ्नी मायालुको यादलाई श्रोतामाझ पस्केका हुन् ।
डिल्लीबिक्रम शेर्माको शब्द तथा संगीत रहेको ‘के छ हाल खबर’ बोलको गीतलाई ब्रविमले लोक आधुनिक फ्लेभरमा गाएका छन् । लिम्बू भाषाका गीतका लागि ब्रविमलाई तारिफ गरिरहन पदैन, त्यो उनका श्रोता एवं दर्शकलाई राम्ररी थाहा छ । तर, सुगमसंगीतमा पनि उनी निकै खुलेका छन् । अझ यो गीत सुनेपछि ब्रविमको स्वरले नै पुष्टि गर्नेछ । ब्रविमका दर्जनौ चर्चित लिम्बू भाषाका गीत छन् । पछिल्लो समय उनी मूलधारको गायनमा आएका हुन् ।
‘के छ हाल खबर’ गीतको भिडियोलाई सुरजसिंह ठकुरीले निर्देशन गरेका छन्, जसमा अमेरिकामा बस्दै आएकी मोडल आशा सुहाङ र गम्भीर विष्टले अभिनय गरेका छन् । ‘के छ हाल खबर’ को भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ।