कल्पनालाई यसरी फुरेको थियो ‘हार जति मेरो जीत सबै तिम्रो’
screennepal
प्रकाशित: २०७२, १ असार मंगलवार
no img

11289749_1004508662893656_1503173598_nकाठमाडौं । ताप्लेजुङको हाङपाङमा जन्मिएकी आङवुहाङ गाउँकै स्कुलमा पढ्दा साहित्यसँग लुकामारी गर्थिन् कल्पना आङवुहाङ । जुनवेला उनलाई कविता के हो भन्ने पनि थाहा थिएन तर उमेर हुर्कदै गर्दा उनले साहित्यसँग मितेरी गाँसिन् । शब्दसँग खेल्न थालिन् । शब्दसँग उनको मनमा हार जितको कुरा उठ्यो । उनले हार जितको कुरालाई शब्दमा उतारिन् र बन्यो एउटा पिरतीको गीत । ‘हार जति सबै मेरो जीत सबै तिम्रो’ जुन गीत पहिलोपटक २०६४ मा लीला राईले गाइन् । उसैबेला उनी रोजगारीको शिलशीलामा वेलायत पुगिन् । तयहाँ पनि उनी शब्द-सिर्जनामा तल्लिन रहिन् । र २०६९ मा ‘आमा’ नामक एल्बम ल्याइन् । सो एल्बममा सात वटा गीत समाबेश थियो । आङवुहाङको पहिलो गीति कोसेलीमा दिपक लिम्बु, कुसल थलङ, श्रेयसी चेम्जोङ, सञ्जय तुम्रोक, रुपक चौधरी र विष्णु चेक्जोङले स्वर दिए ।
त्यसयता उनी निरन्तर शब्द लेखनमा सक्रिय रहँदै आएकी छन् । उनी आफ्नो लेखनको दोस्रो कोसेली बजारमा ल्याउन कम्मर कसेर लागेकी छन् । उनको पहिलो कोसेलीको रुपमा आएको एल्वम आमाको शीर्ष गीत श्रेयसी चेम्जोङले गाएकी थिइन् । दोस्रो कोसेली स्वरुप बजारमा आउन लागेको ‘आमा भाग २’ मा पनि शीर्ष गीत श्रेयसीले नै गाएकी छन् । दोस्रो एल्वम ‘आमा भाग २’ मा आङवुहाङले विदेसिनु पर्दाको पीडालाई पनि समेटेकी छन् ।

६ वर्षदेखि वेलायतमा प्रवासी जीवन बिताइरहेकी त्यही रहेर सामाजिक कामलाई पनि उत्तिकै प्राथमिकता दिइरहेकी छन् । उनी गैर आवासीय नेपाली संघ ‘एनआरएन’ वेलायतकी केन्द्रिय सदस्य हुन् भने ‘याक्थुङ माङगेना चुम्लुङ वेलायतको उपाध्यक्ष भएर लिम्बु संस्कार र संस्कृतिको रक्षार्थ लागिरहेकी छन् ।

‘विदेसिनु रहर होइन’ वोलको गीत श्रेयसीले नै गाएकी छन् । केही दिनभित्र बजारमा आउन लागेको उनको सो एल्बममा कृष्णभक्त राई, कुसल थलङ, बिक्रम राई लगायतको गीत रेकर्ड भइसकेकोछ भने अन्य गीत रेकर्डको अन्तिम तयारीमा छन् । ‘मेरो आमा भाग २ चाँडै आउनुपथ्र्यो तर भूकम्पका कारण ल्याउन सकिनँ’ उनले  भनिन्, ‘अब ढिलोमा एक महिनाभित्र आइसक्छ ।’
kalpanaआङवुहाङको पहिलो एल्बमका सबै गीतको म्यूजिक भिडियो बनेका छन् । सबै गीतको छायाङकन वेलायतमै भयो । वेलायतमा बस्ने नेपाली कलाकारको अभिनय रहेको ‘आमा’ को सफलतासँगै आङवुहाङले आफ्नो नयाँ एल्बमका केही गीतको म्यूजिक भिडियो बनेको छ । उनद्धारा लिखित गीतमध्ये नौ वटा गीतको म्यूजिक भिडियो बनेको छ । तीमध्ये एउटा गीतको म्यूजिक भिडियो मात्र नेपालमा छायाङकन भएको छ ।
गीत लेखन त्यति सजिलो छैन । त्यसमा पनि अरुको भूमीमा काम गर्दै शब्द सिर्जना गर्नु त्यति नै कठिन् । उनको बुझाईमा गीतमा कथा होइन, यथार्थ भोगाई हुनुपर्छ । त्यही भएर यथार्थपरक गीत लेखनलाई ध्यान दिने गरेको उनी बताउँछिन् । सरदर ४० वटा रेकर्ड योग्य गीत लेखेकी आङवुहाङको आधा जीवन विदेशमै वितेको छ । उनी १३ वर्ष जति त हङकङमा बिताइन् भने ६ वर्षदेखि वेलायतमा प्रवासी जीवन बिताइरहेकी छन् । उनी प्रवासी जीवन बिताइरहे पनि उनी त्यही रहेर सामाजिक कामलाई पनि उत्तिकै प्राथमिकता दिइरहेकी छन् । उनी गैर आवासीय नेपाली संघ ‘एनआरएन’ वेलायतकी केन्द्रिय सदस्य हुन् भने ‘याक्थुङ माङगेना चुम्लुङ वेलायतको उपाध्यक्ष भएर लिम्बु संस्कार र संस्कृतिको रक्षार्थ लागिरहेकी छन् । यो संस्था लिम्बु महिलाहरुको सामाजिक संगठन हो ।  उनी भूपु सैनिक संघ ‘गेसो’ को केन्द्रिय सचिव पनि हुन् ।

Comments