नेपाली फिल्मको प्रमोशनमा भारतीय अभिनेत्री इशा !
रिलिज मिति
नजिक आउँदै गर्दा फिल्म अझै पनि टिम एग्रेसिभ प्रमोशनमा उत्रिएको छ । फिल्मको प्रमोशनकै लागि पोखरा पुगेको टिमले भारतीय अभिनेत्री इशा देवललाई समेत यो प्रक्रियामा सहभागी गराएको छ । इशासँग भेटेर फिल्म ‘अझै पनि’ प्रचार सामग्री देखाउन लगाउँदै मौकामा चौका हानेको हो ।
देवलले नेपाली चलचित्रप्रति चासो देखाएकी छिन् । नेपाली चलचित्र ‘अझै पनि’को टिमसँगको सोमवारको छलफलमा उनले आफुले नेपाली चलचित्रको बारेका धेरै सुनेको र हेर्ने इच्छा रहेको बताएकी छिन् ।
भारतीय टेलिभिजन एमटीभिबाट प्रशारण हुने रियालिटी सो ‘रोडिज एक्स टु’ को सुटिङ्गको लागि नेपालमा रहेकी देवलले नेपाली चलचित्र हेर्ने इच्छा रहेको रहेता पनि हेर्नको लागी समय नमिलेको बताउँदै नेपालबाट बलिउडमा रहेर अभिनय गर्ने कलाकारबाट आफु प्रभावित रहेको बताउँदै उनिहरुको अभिनय नेपालमा अझै राम्रो भएको अनुमान गरेको बताईन् ।
फागुन १५ गते नेपालभर रिलिज हुने चलचित्र ‘अझै पनि’को मंगलवार हुने प्रिमियरमा सहभागी हुन इच्छा देखाएकी इशाले सहभागी हुन भने पाईनन् । कार्यक्रम छायांकन व्यस्त समय तालिकाको कारण उनि उपस्थित हुन सकिनन् । उनि मंगलवार साँझ काठमाण्डौ आउँदैछिन् । लाजिम्पाटस्थित होटल सांग्रिलामा रहने र समय मिलेको खण्डमा ‘अझै पनि’ हेर्न आउने बताउँदै देवलले चलचित्रका कलाकारहरुसँग तस्विर लिएकी छिन् ।

भारतीय शहर फैजाबाद, अयोध्या, गोरखपुर हुँदै रुपन्देहीको सिमा नाका बेलहियाबाट रोडिज टोली लुम्बिनी आएको थियो । लुम्बिनीमा सुटिङ्ग सकेर थप सुटिङका लागि टोली काठमाण्डौ आउँदै गर्दा चितवनको कुरिनटारमा प्रचारको लागी राजधानी बाहिर रहेको ‘अझै पनि’ युनिटसँग भेट भएको थियो । देवलले ‘अझै पनि’ नायिकाद्वय पुजा शर्मा र सुरक्षा पन्तको सुन्दरताको तारिफ गरेकी थिइन् ।
देवलका साथै बक्सिङ्ग खेलमा भारतका ओलम्पिक पदक विजेता समेत रहेका विजेन्द्र सिंह लगायत रोडिज सो का ११० सदस्यहरु नेपालमा छन् ।